उत्तर कोरियाली नेता किमद्वारा सिरियाली राष्ट्रपति असदलाई धन्यवाद सन्देश « Khabarhub

उत्तर कोरियाली नेता किमद्वारा सिरियाली राष्ट्रपति असदलाई धन्यवाद सन्देश


११ बैशाख २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्योङयोङ- उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनले सिरियाका राष्ट्रपति बसर अल–असदलाई धन्यवाद सन्देश पठाएका छन् ।

उनले एक पत्र पठाउँदै धन्यवाद ज्ञापन गरेको उत्तर कोरियाली उच्च अधिकारीहरुले जनाएका छन् ।

आफ्ना हजुर बुवाको जन्मोत्सवका अवसरमा शुभकामना सन्देश पठाएकोमा उनले धन्यवाद सन्देश पठाएका हुन् । उनका हजुरबुवा किम द्वितीय सुङको गत बुधबार १०८ औं जन्मोत्सव थियो ।

धन्यवाद सन्देशमा दुई देशबीचको सम्वन्ध थप बलियो र राम्रो हुँदै जाने विश्वास पनि व्यक्त गरिएको छ । उत्तर कोरियाका नेता उनले सिरियाली राष्ट्रपति असदको सुस्वास्थ्य र सफलताको कामना पनि गरेका छन् ।

सर्वोच्च नेता उन केही समयदेखि सिकिस्त विरामी भएको खवरहरु सार्वजनिक भइरहेका बेला उनले धन्यवाद सन्देश पठाएको खवर आएको हो ।

उनी विरामी भएको बारेमा उत्तर कोरियाली सरकारी अधिकारीहरुले अहिलेसम्म औपचारिक रूपमा पुष्टि गरेका छैनन् । तर कतिपय विदेशी सञ्चार माध्यमहरुले भने गुप्तचर निकायका अधिकारीहरुलाई उद्धृत गर्दै नेता उन गम्भीर विरामी भएको समाचार सम्प्रेषण गरेका छन् ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहीबार  ८ : ३३ बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा