विश्वभर २१ लाख ५० हजार मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त « Khabarhub

विश्वभर २१ लाख ५० हजार मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- विश्वभर २१ लाख ५० हजारभन्दा बढी मानिस कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका छन् ।

विश्वका २१३ मुलुक र २ वटा पानीजहाजमा फैलिएको कोरोना भाइरसबाट संक्रमित ५२ लाख ९७ हजार ६२६ मध्ये २१ लाख ५० हजार ३३२ जना संक्रमण मुक्त भएका हुन् ।

बितेको २४ घण्टामा ५ हजार २३५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या ३ लाख ३९ हजार ४०८ पुगेको छ ।

एकै दिन १ लाख ७ हजार १३५ जनामा संक्रमण पुष्टि भएको छ । २८ लाख ७ हजार ८८६ जनाको उपचार भइरहेको छ । उपचाररत मध्ये ४४ हजार ५७४ जनाको अवस्था गम्भीर छ ।

शनिबार बिहान साढे ५ बजेसम्म कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरुमा १ लाख ६८ हजार ४१९ जनाको मृत्यु भएको छ ।

१८ लाख ६८ हजार १६६ जना संक्रमित भएकोमा ८ लाख ४९ हजार ७३ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ११ हजार ६१६ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या १८ लाख २४ हजार ३४ पुगेको छ । त्यसमध्ये ४ लाख ९९ हजार २६ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरुमा २६ हजार ६७४ जनाको मृत्यु भएको छ । ९ लाख १२ हजार ३६ जना संक्रमित भएकोमा ५ लाख ३१ हजार ९६३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरुमा २९ हजार ५०१ जनाको मृत्यु भएको छ । ५ लाख ७८ हजार १२५ जना संक्रमित भएकोमा २ लाख १८ हजार ७२४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरुमा ३ हजार २०४ जनाको ज्यान गएको छ भने १ लाख ५ हजार ८४३ जना संक्रमित छन् । संक्रमितमध्ये ४२ हजार ८६१ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १२२ जनाको मृत्यु भएको छ । ८ हजार ७०३ जना संक्रमित भएकोमा ८ हजार ३५ जना संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको महामारीले अमेरिकामा ९७ हजारभन्दा बढीको मृत्यु भएको छ । संक्रमित १६ लाख ४४ हजार ६४० जनामध्ये ४ लाख ३३ हजार २९५ जना संक्रमणमुक्त भएका छन् ।

 

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ५ : ४१ बजे

पर्यटक शुल्कबाट ‘एक्याप’लाई वर्षमा पौने ६८ करोड आम्दानी

गण्डकी– अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले गत आव २०८२/०८३ मा

बर्दिया–२ मा महाधिवेशन प्रतिनिधि चयन हुँदै, सभापतिका आकांक्षी राठोर पनि प्रतिस्पर्धामा

काठमाडौं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बर्दिया क्षेत्र नम्बर २ मा महाधिवेशन

लक्षित बैतडीमा १३ स्थानमा यात्रु सहायता कक्ष

बैतडी– चाडपर्वका बेला यात्रुलाई सहज, सुरक्षित र व्यवस्थित रुपमा गन्तव्यमा

महिला महामन्त्री थप्नुपर्नेमा धेरै नेताको अडान

काठमाडौं– नेपाली कांग्रेसको विधानमा अहिले दुईजना महामन्त्री बन्ने अवस्था तोकिएको

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी