अमेरिकामा धेरै प्रार्थाना जरूरी छ, चर्च खोलौँ : ट्रम्प « Khabarhub

अमेरिकामा धेरै प्रार्थाना जरूरी छ, चर्च खोलौँ : ट्रम्प


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोना भाइरसको तत्काल चर्चहरू खोलेर प्रार्थाना जरूरी भएको बताएका छन् ।

ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले चर्चहरु बन्द गर्नुको सट्टा तुरुन्त खोल्नु पर्ने बताए । ‘अमेरिकामा धेरै प्रार्थना आवश्यक छ, थोरै होइन, उनले भने, ‘ तत्काल चर्चहरू सूचारू गरौँ ।’

अमेरिकामा कोरोना संक्रमणको महामारीसँगै चर्चहरुमा भेला हुन प्रतिबन्ध लगाइएका बेला ट्रम्पले यस्तो आह्वान गरेका हुन्।

अमेरिकामा धेरै शक्ति राष्ट्रपतिमा केन्द्रित भए पनि चर्च खोल्न वा बन्द गराउन निर्देशन दिन सक्ने अधिकार राष्ट्रपतिमानिहित नभएको बताइन्छ । यसका लागि राष्ट्रपतिले राज्यपाललाई सहमत गराउनु पर्ने प्रावधान छ ।

ट्रम्प चर्च खोल्ने मात्र हैन लकडाउन नै हटाउने पक्षमा छन् । तर अरू सरोकारित निकायले लकडाउन खुकुलो पारिए महामारी अझ बढ्ने चेतावनी दिएपछि उनी हच्किदै आएका छन् ।

अमेरिकामा कोरोनाबाट १६ लाखभन्दा बढी संक्रमित भएका छन् भने ९७ हजारभन्दा बढीको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ८ : ०३ बजे

मानव अधिकार तथा शान्ति समाजले गर्‍यो अमेरिकी राजदूतावास अगाडि प्रदर्शनी  

काठमाडौं– हाल जारी अमेरिका/इजरायल र इरानबीचको युद्धले विश्व शान्ति नराम्ररी

भृकुटीमण्डपमा सुरु भयो फ्लोरा एक्स्पो (तस्बिरहरू)

काठमाडौं– काठमाडौंको भृकुटीमण्डपमा बिहीबारदेखि २७औँ फ्लोरा एक्स्पो सुरु भएको छ

इरान युद्धमा एक्लिँदै ट्रम्प : नाटो देशहरूले भने, ‘त्यो हाम्रो लडाइँ होइन’

तेहरान- इरानमा सर्वोच्च नेता अली खामेनेईसहित ४० भन्दा बढी अधिकारी

दुई सय पाँच गोही राप्तीमा छाडियो

चितवन– चितवन राष्टिय निकुञ्जमा हुर्काइएका घडियाल गोहीमध्ये २५० गोहीलाई राप्ती

ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु

कैलाली– यहाँको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा