जापानी नागरिक लिएर उड्यो नेपाल एयरलाइन्सको जहाज « Khabarhub

जापानी नागरिक लिएर उड्यो नेपाल एयरलाइन्सको जहाज


१० जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  लकडाउनले नेपालमै रहन बाध्य भएका जापानी नागरिकसहति २६८ यात्रु लिएर नेपाल एयरलाइन्सको जहाज जापान प्रस्थान गरेको छ ।

केही नेपाली यात्रु समेत रहेको नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिताका लागि शुक्रबार राति ९:४५ बजे प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

चाटर्ड उडान भरेको उक्त विमानमा जापानमा नै बसोबास गर्ने १९७ जना नेपाली पनि रहेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिए ।

नेपालस्थित जापानी दूतावासको पहलमा निगमको वाइड बडी जहाजले चाटर्ड उडान गरेको बताइएको छ ।

लकडाउनमा निगमको जापानमा यो तेस्रो चाटर्ड उडान हो। सोही गन्तव्यमा यसअघि यही जेठ २ गते निगमको वाइड बडी जहाजले दोस्रो पटक चाटर्ड उडान गरेको थियो । गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान गरेको थियो।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  ९ : ०३ बजे

बाढीमा बेपत्ता भएकाहरुको विवरण बुझाउन आग्रह

पर्सा – परवानीपुर गाउँपालिकाले गत भदौ १० गते रसुवा–भोटेकोशी बाढीमा

बलिउड अभिनेता टाइगर श्रफको गाडीमा गोली प्रहार, चालक घाइते

मुम्बई – बलिउड अभिनेता टाइगर श्रफको गाडीलाई लक्षित गरी भारतको

दशैंँमा युवा समूहको निःशुल्क यातायात सेवा अभियान

खोटाङ – जिल्लामा क्रियाशील युवाको एक समूहले ‘दशैँ–तिहार, चेलीलाई उपहार

‘स्ट्रेट अफ होर्मुज’खोल्ने इरानको सातदिने योजना अझै छलफलमै

तेहरान – ‘स्ट्रेट अफ होर्मुज’ पुनः खोल्न इरानले प्रस्ताव गरेको

जुम्लामा मार्सीधान काट्ने चटारो

जुम्ला – जुम्लाका किसानलाई मार्सीधान काट्न यो याममा भ्याइनभ्याइ नभएको