जापानी नागरिक लिएर उड्यो नेपाल एयरलाइन्सको जहाज | Khabarhub Khabarhub

जापानी नागरिक लिएर उड्यो नेपाल एयरलाइन्सको जहाज


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  लकडाउनले नेपालमै रहन बाध्य भएका जापानी नागरिकसहति २६८ यात्रु लिएर नेपाल एयरलाइन्सको जहाज जापान प्रस्थान गरेको छ ।

केही नेपाली यात्रु समेत रहेको नेपाल वायु सेवा निगमको वाइड बडी ए ३३० जहाज जापानको नारिताका लागि शुक्रबार राति ९:४५ बजे प्रस्थान गरेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जानकारी दिएको छ ।

चाटर्ड उडान भरेको उक्त विमानमा जापानमा नै बसोबास गर्ने १९७ जना नेपाली पनि रहेको विमानस्थलका प्रवक्ता देवेन्द्र केसीले जानकारी दिए ।

नेपालस्थित जापानी दूतावासको पहलमा निगमको वाइड बडी जहाजले चाटर्ड उडान गरेको बताइएको छ ।

लकडाउनमा निगमको जापानमा यो तेस्रो चाटर्ड उडान हो। सोही गन्तव्यमा यसअघि यही जेठ २ गते निगमको वाइड बडी जहाजले दोस्रो पटक चाटर्ड उडान गरेको थियो । गत चैत २८ गते निगमले नारितामा पहिलो चार्टर्ड उडान गरेको थियो।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ९ : ०३ बजे

एक करोड लागतमा वडा कार्यालय भवन निर्माण

म्याग्दी– रघुगङ्गा गाउँपालिका–१ बेगमा एक करोड पाँच लाखको लागतमा वडा

ढुङ्गा लागेर टहरामा सुतेका दिदी बहिनीको मृत्यु

काँक्रेविहार– जाजरकोटको कुशे गाउँपालिका–३ तर्पेनामा एकै घरका दिदी र बहिनीको

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं – सङ्घीय संसद् राष्ट्रियसभाको बैठक १ः१५ बजे सङ्घीय संसद्

खर्च विधेयक पास भएपछि ट्रम्पले भने-‘अब अमेरिका रकेटकै गतिमा चल्छ’

वाशिङ्टन – लामो छलफल र बहसपछि अमेरिकी संसद्ले राष्ट्रपति डोनाल्ड

चार प्रदेशका केही स्थानमा भारी वर्षा हुने पूर्वानुमान

काठमाडौं– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून