मनमोहन कार्डियोथोरासिकमा उपचाररत कोरोना संक्रमित महिलालाई टिचिङको आइसियुमा सारियो « Khabarhub

मनमोहन कार्डियोथोरासिकमा उपचाररत कोरोना संक्रमित महिलालाई टिचिङको आइसियुमा सारियो


१० जेष्ठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारत कोरोना संक्रमति महिलालाई त्रिवि शिक्षण अस्पताल (टिचिङ)को आइसियुमा सारिएको छ ।

टिचिङका कोरोना व्यवस्थापन समितिका संयोजक डा. सन्तकुमार दासका अनुसार ती महिलालाई हिजो राति टिचिङमा सारिएको हो ।

ती महिलाको अहिले टिचिङ अस्पतालको आइसोलेसन बनाइएको भवनमा रहेको आइसियुमा राखिएको डा. दासले बताए ।

‘उहाँको अहिले टिचिङको आइसोलेसन भवनको आइसियु वार्डमा राखेर उपचार गरिएको छ,’ डा. दासले भने, ‘उहाँमा संक्रमण भएको भनेर हिजो राति हामीलाई जानकारी आएपछि कोरोना संक्रमतिकै लागि बनाइएको आइसियुमा ल्याइएको हो ।’

डा. दासका अनुसार टिचिङ अस्पतालले कोरोना उपचार कक्षको लेभल थ्रीमा राखेर उपचार गरिएको हो । उनलाई आइसियुमा मुटुरोग विशेषज्ञको निगरानीमा उपचार गरिएको डा. दासको भनाइ छ।

ती महिलाको जेठ ९ गते राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको थियो । मकवानपुरको हेटौंडा ३ ती ५४ वर्षीया ती महिला मुटुका बिरामी हुन् ।

कोरोना संक्रमण पुष्टि हुँदा उनी मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरको आइसियुमा उपचारत थिइन् ।

प्रकाशित मिति : १० जेष्ठ २०७७, शनिबार  १२ : २९ बजे

पाथीभराबाट तीन महिनामा ३३ लाख बढी सङ्कलन

ताप्लेजुङ – यहाँस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा चालु आर्थिक वर्ष

आजका समाचार : भित्र्याइयो फूलपाती, गगनले ग्रहण गरे पदभार, साइबर ब्युरोबाट श्रेष्ठ छुटे र क्यानडासँग नेपाल पराजित

हनुमानढोकाको दसैँघरमा भित्र्याइयो फूलपाती प्रत्येक वर्ष दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा