चर्चहरु पुनः खोल्न अमेरिकी राष्ट्रपतिको निर्देशन | Khabarhub Khabarhub

चर्चहरु पुनः खोल्न अमेरिकी राष्ट्रपतिको निर्देशन


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बन्द रहेका चर्चहरु पुनः खुल्ला गर्न निर्देशन दिएका छन् । यस सम्वन्धी अन्य आदेशहरु समेत खारेज हुने र यही आदेशलाई मान्न स्पष्ट पार्दै उहाँले चर्च तथा प्रार्थनास्थलहरु खुल्ला गर्न निर्देशन दिएका हुन् ।

चर्चहरुलाई अत्यावश्यक कार्यालय अन्तर्गत मानिने उल्लेख गर्दै ट्रम्पले यो आदेश देशभरीका सवै स्थानीय सरकारहरुलाई कार्यान्वयन गराउन सूचित गरेका छन् ।

‘सरकारले अत्यावश्यक परेका कामहरुलाई रोकतोक गरेको छैन, ठिक समयमा ठिक ठाउँमा ठिक काम गर्न सरकारले स्विकृति दिन्छ, पुजापाठ सम्वन्धी काम पनि अत्यावश्यक काम अन्तर्गत पर्दछन्, त्यसैले चर्चहरु खोल्न दिनुपर्दछ,’ पत्रकार सम्मेलनमा ट्रम्पले भने ।

राष्ट्रपति ट्रम्पले जवरजस्त मुलुकलाई खुल्ला गर्न खोजेको टिप्पणी धेरैले गरेका छन् । उनले लकडाउन लगाउनका लागि अमेरिका बनेको हैन भन्दै लकडाउन लगाउन अस्विकार गर्दै आएका छन् । तैपनि आफै बन्द भएका वा स्थानीय प्रशासनले बन्द गराएका व्यापार, व्यवसाय, कार्यालय आदी विस्तारै खोल्ने तर्फ उनले प्रेरित गर्दै आएका छन्।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि झण्डै दुई महिनादेखि सुस्ताएको आर्थिक गतिविधिहरुलाई पुनः सूचारु गर्नु पर्नेमा ट्रम्को जोड रहेको छ । उनले लामो समयसम्म बन्द गर्दा सवै तिरको आर्थिक पक्षमा समेत नराम्रोसँग असर पर्ने भएकाले बन्द गरेर मात्रै बस्न नहुने उनको भनाई छ ।

राष्ट्रपति ट्रम्पको निर्देशनपछि उनको निर्देशनलाई पछ्याउदै देशको रोग नियन्त्रण तथा न्युनिकरण केन्द्रले नयाँ निर्देशिका पनि जारी गरेको छ । निर्देशिकामा न्युन संख्यामा उपस्थित हुनु पर्ने, सामाजिक दुरी कायम गर्नु पर्ने, उच्च स्वास्थ्य सतर्कता अपनाउनु पर्ने, मास्क, सेनिटाइजर, पञ्जा आदीको प्रयोग गर्नु पर्ने लगायतका सर्तहरु पनि उल्लेख गरिएको छ ।

स्वास्थ्य अधिकारीहरुले सामन्यतया सार्वजनिक स्थलहरुमा दश जनाभन्दा बढी मानिसको भिडभाग हुन नदिन पनि सुझाव दिएका छन् ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ३ : ३५ बजे

ट्रम्पलाई नसा सम्बन्धी समस्या

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई रगतको नसा सम्बन्धी क्रोनिक

तनहुँका किसानलाई दूधमा अनुदानबापत ९७ लाख वितरण

दमौली – भेटेरीनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले दुग्ध

चार प्रदेशका केही स्थानमा अत्यधिक वर्षा हुने 

काठमाडौं – हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको

एमाले विधान महाधिवेशनमा विद्या भण्डारी प्रतिनिधि बन्न नपाउने

काठमाडौं – नेकपा (एमाले)को विधान महाधिवेशनमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी प्रतिनिधि

एमाले पदाधिकारी १५ सदस्यीय हुने : उमेरहद र दुई कार्यकाल हटाउने

काठमाडौं – नेकपा (एमाले) १९ सदस्य पदाधिकारीको संख्या घटाउने भएको