एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै | Khabarhub Khabarhub

एमसीसीबारे छलफल गर्न नेकपा सचिवालय बैठक बस्दै


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी सहयोग सम्बन्धी सम्झौता (एमसीसी) का बारेमा छलफल गर्न भन्दै नेकपा सचिवालय बैठक बस्न लागेको छ ।

अहिले केही बेरमा शुरु हुने सचिवालय बैठकमा नेकपा स्थायी समिति सदस्य समेत रहेका नेता भीम रावललाई समेत बैठकमा बोलाइएको छ । तीन बजेका लागि बोलाइएको बैठक बालुवाटारमा केही बेरमा शुरु हुने नेता रावलले जानकारी दिए ।

उनले भने,‘एमसीसीका बारेमा छलफल गर्न भन्दै मलाई वालुवाटार बोलाइएको थियो । म भर्खर आइपुगेको छु । सबै नेताहरु जम्मा भइसकेका छौं, प्रधानमन्त्री आइपुग्नुभएको छैन । ’

नेकपाका अनुसार एमसीसी, सरकारले जेठ १५ गते ल्याउने बजेटका बारेमा छलफल गर्न परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री डाक्टर युवराज खतिवडासहितका सचिवालयका नेताहरुलाई वालुवाटारमा बोलाइएको हो ।

नेकपाले एमसीसीका बारेमा अध्ययन गर्न गठन गरेको कार्यदलमा सदस्य रहेका मन्त्री ज्ञवाली र नेता रावललाई सचिवालय बैठकमै बोलाएर छलफल गर्न लागिएको हो ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ३ : ३८ बजे

सुनको मूल्य घट्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल

इलाम अपडेट : एमाले– १०४१९, कांग्रेस– ७०६२, मतान्तर– ३३५७

इलाम– इलाम क्षेत्र नम्बर २ मा भएको उपनिर्वाचनको मतगणना जारी

इलाममा मतगणना स्थल थपियो, तीन ठाउँबाट गनिने

इलाम– मुख्य निर्वाचन अधिकृतको कार्यालयले इलाम– २ को मतगणना तीन

इलाम अपडेट : एमाले– ९४८४, कांग्रेस– ६६३१, मतान्तर २८५३

इलाम– इलाम क्षेत्र नम्बर २ को पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।