हेटौंडा अस्पतालको ओपिडी सेवा बन्द हुने « Khabarhub

हेटौंडा अस्पतालको ओपिडी सेवा बन्द हुने


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मकवानपुर- हेटौँडा अस्पतालले बहिरङ्ग सेवा (ओपिडी) बन्द गर्ने जनाएको छ । सो अस्पतालमा उपचार गरी काठमाडौँ लगिएकी महिलामा कोरोना पुष्टि भएपछि तत्काललाई सो सेवा बन्द गर्न लागिएको हो ।

अस्पतालका चिकित्सक तथा नर्सलगायत २२ जनालाई आइसोलेशनमा राख्ने निर्णय भएको अस्पतालका कोरोना विभागका डाक्टर हरिबहादुर खड्काले जानकारी दिए । यसबाहेक अस्पतालका १५५ जनाको पिसिआर विधिमार्फत कोरोना परीक्षण गर्ने जनाइएको छ ।

सामाजिक विकास मन्त्री युवराज दुलालका अनुसार कोरोना सङ्क्रमित महिलासंग विभिन्न चरणमा भेटभएका वा उनको उपचारमा संलग्नलगायतको खोज एवं पहिचान गरी परीक्षण गर्ने तथा आइसोलेशनमा राख्ने काम भइरहेको छ ।

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा जारी प्रेस विज्ञप्तिमा हेटौँडा–३ का एकजनामा काठमाडौँकै प्रयोगशालामा कोरोना पुष्टि भएको जनाइएको थियो ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ४ : १५ बजे

काठमाडौँ म्याराथन सुरक्षित र व्यवस्थित बनाइने

काठमाडौं– काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यही असोज २४ गते

तटबन्धले सुरक्षित दोधारा चाँदनीको कुतियाकवर

कञ्चनपुर– महाकाली  र जोगबुढा नदीमा पक्की तटबन्ध निर्माण भएपछि कञ्चनपुरको

आज पनि मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं– देशका विभिन्न स्थानमा आज पनि मेघगर्जन, चट्याङ र असिनासहित वर्षा

मन्त्री मेहताद्वारा निर्माणाधीन लमही ट्रमा सेन्टरको निरीक्षण

तुलसीपुर – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले दाङको लमहीमा निर्माणाधीन

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला

काठमाडौं- दशैं मनाउन घर जाने यात्रुलाई लक्षित गर्दै सरकारले आजदेखि