बालुवाटारमा नेकपा सचिवालय बैठक, बजेट लगायतका विषयमा छलफल « Khabarhub

बालुवाटारमा नेकपा सचिवालय बैठक, बजेट लगायतका विषयमा छलफल


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ।

आगामी आर्थिक बर्षको बजेट ल्याउन पूर्व सन्ध्यामा नेकपाको सचिवालय बैठक बसेको हो। बैठकमा पछिल्लो राजनीतिक परिस्थित र संविधान संशोधनको लगायतका विषयमा छलफल हुने बताइएको छ ।

भारतले अतिक्रमण गरेर कब्जा गरेको नेपाली भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न विधेयक संसद सचिवायमा दर्ता समेत गरिसकेको अवस्थामा बैठकमा सो विषयले प्राथमिकता पाउनुका साथै अमेरिकी सहयोग नियोय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बारेमा पनि छलफल हुने जनाइएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा हालै नेपालले जारी गरेको नयाँ नक्सापछिको राजनीतिक परिस्थिति, संविधान संशोधनको गृहकार्य, एमसीसीजस्ता मुद्दामा छलफल हुने सम्भावना छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमिसमेत समेटेर सरकारले जेठ ७ गते नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिने संकेत देखिएको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ५ : २३ बजे

घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि सार्वजनिक सवारीको रुट परमिट खुला

काठमाडौँ । दसैँको समयमा यात्रुको सहज आवागमनलाई व्यवस्थित बनाउन घटस्थापनादेखि

प्रभु बैंकका सीईओ सुमन शर्मालाई धरौटीमा छाड्न आदेश

काठमाडौँ । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुमन शर्मालाई

वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्मा निर्विरोध निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको वरिष्ठ उपसभापति पदमा विश्वप्रकाश शर्मा निर्विरोध

नवनिर्वाचित कांग्रेस उपसभापति भुसाल भन्छिन्- चुनाव लड्न चाहन्थेँ, साथीहरुले माया गर्नुभयो

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट उपसभापतिमा पुष्पा भुसाल निर्विरोध निर्वाचित

कांग्रेस महाधिवेशनमा मनोनयन सकियो, सहमहान्त्रीमा उम्मेदवारको ताँती

काठमाडौं- राजधानीमा जारी नेपाली कांग्रेसको महाधिवेशनअन्तर्गत मंगलबार विभिन्न पदका लागि