बालुवाटारमा नेकपा सचिवालय बैठक, बजेट लगायतका विषयमा छलफल | Khabarhub Khabarhub

बालुवाटारमा नेकपा सचिवालय बैठक, बजेट लगायतका विषयमा छलफल


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ।

आगामी आर्थिक बर्षको बजेट ल्याउन पूर्व सन्ध्यामा नेकपाको सचिवालय बैठक बसेको हो। बैठकमा पछिल्लो राजनीतिक परिस्थित र संविधान संशोधनको लगायतका विषयमा छलफल हुने बताइएको छ ।

भारतले अतिक्रमण गरेर कब्जा गरेको नेपाली भूमि समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि निशान छाप परिवर्तनका लागि संविधान संशोधन गर्न विधेयक संसद सचिवायमा दर्ता समेत गरिसकेको अवस्थामा बैठकमा सो विषयले प्राथमिकता पाउनुका साथै अमेरिकी सहयोग नियोय मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को बारेमा पनि छलफल हुने जनाइएको छ ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा हालै नेपालले जारी गरेको नयाँ नक्सापछिको राजनीतिक परिस्थिति, संविधान संशोधनको गृहकार्य, एमसीसीजस्ता मुद्दामा छलफल हुने सम्भावना छ ।

भारतले अतिक्रमण गरेको नेपाली भूमिसमेत समेटेर सरकारले जेठ ७ गते नयाँ नक्सा जारी गरेपछि दुई देशबीच सम्बन्ध चिसिने संकेत देखिएको छ ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ५ : २३ बजे

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता

मनाङमा ‘यार्तुङ’ सुरु

मनाङ – ‘खेतीपातीको उत्पादन राम्रो होस्’ भन्ने कामनासहित हिमाली जिल्ला