कोरोनाभाइरसले अर्थतन्त्रमा १० वर्ष असर गर्ने अर्थशास्त्री नुरियलको दाबी « Khabarhub

कोरोनाभाइरसले अर्थतन्त्रमा १० वर्ष असर गर्ने अर्थशास्त्री नुरियलको दाबी


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- एक प्रसिद्ध अर्थशास्त्रीले कोरोनाभाइरसका कारण संसारभर लामो आर्थिक मन्दी हुने र त्यसबाट फर्कन लामो समय लाग्ने चेतावनी दिएका छन्।

दुखित बनाउने खालका भविष्यवाणीका लागि चिनिएका प्राध्यापक नुरियल रुबिनिले महामारीका कारण गुमेका केही जागिरहरू कहिल्यै नफर्कने बताएका छन्।

यसवर्ष कोरोनाभाइरसको प्रभावबाट विश्वव्यापी अर्थतन्त्रमा सुधार आए पनि यसको असर लामो समय देखिने उनको भनाइ छ। अभूतपूर्व आर्थिक मन्दीको चेतावनी दिएका प्राध्यापक रुबिनि सन् २००८ को वित्तीय सङ्कटका बारेमा अरूभन्दा पहिले गरेको अनुमानका लागि चर्चित छन्।

‘सन् २००८ को सङ्कटका समयमा करिब तीन वर्ष लागेको थियो,’ उनले बीबीसीको टकिङ एशिया कार्यक्रमा न्यूयोर्कस्थित आवासबाट भने। ‘तर यो पटक तीन वर्ष लागेन, तीन महिना पनि लागेन। तीन हप्तामै सबै ध्वस्त भयो।’

प्राध्यापक रुबिनिले यसबाट फर्कन अर्थतन्त्र यु आकारको हुने बताए। यसको अर्थ आर्थिक वृद्धि शून्यमा पुगेर लामो समयपछि माथि उक्लन थाल्नु हो। उनले अझ त्यो एल आकारको हुनसक्ने बताए जसको अर्थ शून्यको नजिक लामो समयसम्म रहन सक्छ।

यसको कारण धनी र गरिब सबै देशहरूमा कोरोनाभाइरसका कारण गुमेको रोजगारी हो। ‘गुमेका यी रोजगारीहरू आंशिक रूपमा मात्र फर्कन्छन् एवम् कम तलब र आंशिक रोजगारीका रूपमा बिस्तारै आउँछन्,’ उनले भने। ‘औसत व्यक्तिका लागि आम्दानी र ज्याला अझै कम हुनेछ।’

‘तपाईँले पसल र व्यवसाय खोल्न सक्नुहुनेछ तर के तिनीहरूको व्यापार फिर्ता आउँछ भन्ने प्रश्न हो,’ रुबिनि भन्छन्। ‘चीनमा अधिकांश पसलहरू अझै खाली छन्। आधा उडानहरू छैनन्। जर्मनीमा पसलहरू खुल्ला छन् तर को किन्न जान चाहन्छ?’ एशियाले भने अन्य उन्नत अर्थतन्त्रहरू भन्दा राम्रो वृद्धि देख्ने उनको भनाइ छ।

तर अमेरिका र चीनबीच ठूलो विभाजन हुने र धेरै एशियाली देशहरू दुई महाशक्तिबीच एकको पक्षमा लाग्न बाध्य हुने उनको अनुमान छ। ‘उनीहरूले अन्य देशले कि हामीसँग कि हाम्रोविरूद्ध भन्ने छन्,’ प्राध्यापक रुबिनि भन्छन्। ‘त्यसैले संसार अझ विभाजित हुनेछ।’

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  ९ : ३५ बजे

सडकको कुकुरदेखि ‘विश्व शान्तिको दूत’सम्म : अलोकाको असाधारण यात्रा

कुनै समय सडकमा भौँतारिने एउटा कुकुर आज हजारौँ मानिसको आकर्षण

भारतसँग ‘पाखुरा सुर्किनु’ राष्ट्रवाद होइन, जलस्रोत र कूटनीतिमा नयाँ फड्कोको खाँचो

विश्व भूराजनीतिमा आएको अभूतपूर्व रूपान्तरण, प्रविधिको चौतर्फी हस्तक्षेप र बदलिँदो

भरतपुर विमानस्थल परिसर सुधार गर्न निर्देशन

चितवन– चितवनको भरतपुर विमानस्थल परिसर अस्तव्यस्त भएको गुनासो बढेपछि जिल्ला

म्याग्दी फर्सेका बाढीपीडितलाई छोएन दसैँको रौनकले

म्याग्दी– नेपालीको विशेष पर्व दसैँको रमझम सुरु भएको छ ।

कांग्रेस केन्द्रीय सदस्यमा गण्डकीबाट किरणबाबु अगाडि, युवा खुलामा सुवासको अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशबाट केन्द्रीय सदस्य पदको