ईदुउल फित्र : घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह « Khabarhub

ईदुउल फित्र : घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मुस्लिम आयोगले सरकारले जारी राखेको ‘लकडाउन’लाई अक्षरशः पारित गर्दै घरभित्रै बसेर ईदुउल फित्रका अवसरमा नमाज पढ्न आग्रह गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज पढ्न आग्रह गगरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहभागी भएर अध्यक्ष अन्सारीले सामूहिकरुपमा नमाज पढ्दा कोरोना सङ्क्रमण हुने जोखिम बढी भएकाले घरमै बस्न आग्रह गरे ।

रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदुउल फित्रका दिन मस्जिदमा गई सामूहिक नमाज पढ्ने प्रचलन मुसलमान समुदायमा रहेको छ । रमजानको शुरुका दिनमा पनि आयोगले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै घरमै बसेर नमाज पढन् अनुरोध गरेको थियो ।

सबै नागरिकको सुरक्षाका लागि आफ्नो खुशी त्यागेर भए पनि घरमै बसेर नमाज पढ्न उनले आग्रह मात्रै गर्नु भएन विपद्को समयमा सरकारको अनुरोधलाई पूर्णरुपमा पालना गर्नसमेत ध्यानाकर्षण गराएका थिए ।

उनले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदानप्रदान नगर्न अनुरोध गर्दै देशको कुनै पनि ठाउँबाट आज चन्द्रमा देखिए आइतबार ईदु–उल–फित्र मनाउने नभए सोमबार मात्रै ईदुउल फित्रको नमाज आदा गरिने जानकारी दिए ।

इस्लाम धर्मावलम्बीले रमजान महिनामा दिनभर निराहार वर्त अर्थात् रोजा (उपवास) बसेर नमाज पढछन् । रमजानको अन्तिम दिन इदउल फित्र नमाज आदा गरेपछि एक महिना लामो उपवास तोडिने विश्वास छ । आइतबार रमजान महिनाको अन्तिम (३०औँ) दिन हो ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १० : २५ बजे

एमालेले पार्टीका रिक्त पदमा मनोनयन गर्ने

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी बैठकमा पार्टीका रिक्त पदमा मनोनयन

कांग्रेस महाधिवेशनमा सभापतिको मतगणना आजै सुरु गरिने, अरुबारे निर्णय हुन बाँकी

काठमाडौं- नेपाली कांग्रेसको १५औं महाधिवेशनमा नेतृत्व चयनका लागि मतदान जारी

‘कांग्रेस बूढापाकाको मात्र होइन, सबैको साझा पार्टी हो’

काठमाडौं- १५ औँ महाधिवेशनमा सहभागी सबैभन्दा कान्छी प्रतिनिधि अभिप्सा पौडेलले

पाँच उद्यमी तथा नवप्रवर्तक पुरस्कृत

काठमाडाैँ – युरोपेली संघको सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित ग्रीनसिफ्ट नेपाल

कात्तिक ७ देखि दुई महिने ‘राष्ट्रिय जागरण अभियान’ सञ्चालन गर्ने नेकपाको निर्णय

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)ले कार्तिक ७ गतेदेखि दुई महिने ’राष्ट्रिय