ईदुउल फित्र : घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह | Khabarhub Khabarhub

ईदुउल फित्र : घरमै बसेर नमाज पढ्न मुस्लिम आयोगको आग्रह


१० जेठ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय मुस्लिम आयोगले सरकारले जारी राखेको ‘लकडाउन’लाई अक्षरशः पारित गर्दै घरभित्रै बसेर ईदुउल फित्रका अवसरमा नमाज पढ्न आग्रह गरेको छ ।

आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरसको जोखिम बढ्दै गएकाले घरमै बसेर ईदको नमाज पढ्न आग्रह गगरेका हुन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा सहभागी भएर अध्यक्ष अन्सारीले सामूहिकरुपमा नमाज पढ्दा कोरोना सङ्क्रमण हुने जोखिम बढी भएकाले घरमै बस्न आग्रह गरे ।

रमजान महिनाको अन्त्यमा मनाइने प्रमुख पर्व ईदुउल फित्रका दिन मस्जिदमा गई सामूहिक नमाज पढ्ने प्रचलन मुसलमान समुदायमा रहेको छ । रमजानको शुरुका दिनमा पनि आयोगले कोरोना भाइरस सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै घरमै बसेर नमाज पढन् अनुरोध गरेको थियो ।

सबै नागरिकको सुरक्षाका लागि आफ्नो खुशी त्यागेर भए पनि घरमै बसेर नमाज पढ्न उनले आग्रह मात्रै गर्नु भएन विपद्को समयमा सरकारको अनुरोधलाई पूर्णरुपमा पालना गर्नसमेत ध्यानाकर्षण गराएका थिए ।

उनले ईदको नमाज पढेपछि छरछिमेकमा पुगी एकअर्कामा शुभकामना आदानप्रदान नगर्न अनुरोध गर्दै देशको कुनै पनि ठाउँबाट आज चन्द्रमा देखिए आइतबार ईदु–उल–फित्र मनाउने नभए सोमबार मात्रै ईदुउल फित्रको नमाज आदा गरिने जानकारी दिए ।

इस्लाम धर्मावलम्बीले रमजान महिनामा दिनभर निराहार वर्त अर्थात् रोजा (उपवास) बसेर नमाज पढछन् । रमजानको अन्तिम दिन इदउल फित्र नमाज आदा गरेपछि एक महिना लामो उपवास तोडिने विश्वास छ । आइतबार रमजान महिनाको अन्तिम (३०औँ) दिन हो ।

प्रकाशित मिति : १० जेठ २०७७, शनिबार  १० : २५ बजे

बुलबुले तालमा चल्यो मोटरबोट

काठमाडौं । सुर्खेतको वीरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोटको परीक्षण सेवा सुरु

रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन आदेश

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले

विरोध प्रदर्शन ‘लोकतन्त्र’ को पहिचान हो : अमेरिकी विदेश मन्त्री

बेइजिङ – अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले मध्यपूर्वलाई लिएर संयुक्त

१६औं योजनामा सुशासन सोच : झस्किए नेता !

काठमाडौं – १६औं योजनाको मस्यौदाको सोचमा ‘सुशासन’ शब्द प्राथमिकतामा राखिँदा

बागमती पुल जीर्ण बनेपछि दुर्घटनाको जोखिम

सर्लाही । पूर्वपश्चिम राजमार्गअन्तर्गत सर्लाही र रौतहट जोड्ने बागमती नदीमाथिको