भारत र चीनको सैनिक सहचारीमा महासेनानी पठाउने निर्णय « Khabarhub

भारत र चीनको सैनिक सहचारीमा महासेनानी पठाउने निर्णय


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सैनिक मुख्यालयले भारत र चीनस्थित नेपाली दूतावासमा सहायक रथीको स्थानमा एक तह घटुवा गर्दै महासेनानी(कर्णेल)लाई सैनिक सहचारी पठाउने निर्णय गरेको छ ।

सैनिक सचिव विभागले जेठ २९ गते जारी गरेको सैनिक सहचारीहरूको अन्तिम नामावलीअनुसार चीनमा महासेनानी मोहन क्षत्री र भारतमा महासेनानी रामचन्द्र खत्रीलाई चयन गरिएको छ।

अमेरिकामा महासेनानी भुवनपूर्ण सत्याल, बंगलादेशमा महासेनानी रोशन जबरा, बेलायतमा महासेनानी रत्नबहादुर गोदार, पाकिस्तानमा महासेनानी अमृतकाजी गुरुङ र न्युयोर्कमा महासेनानी जगदीश खड्कालाई (सैनिक सल्लाहकार) का लागि चयन गरिएको छ । भारत र चीनबाहेक अन्य दूतावासमा महासेनानी नै सैनिक सहचारी रहँदै आएका थिए ।

तत्कालीन प्रधानसेनापति गौरवशमशेर राणाको कार्यकालमा २०७१ साल जेठ ५ गतेबाट लागू गरिएको सैनिक सहचारी/सैनिक सल्लाहकार छनोट कार्यविधि–२०७१ ले भारत र चीनसँग महत्त्वपूर्ण कूटनीतिक र सामरिक सम्बन्ध राख्नुपर्ने भएकाले सैनिक सहचारीका रूपमा सहायक रथीलाई पठाउने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ८ : ०३ बजे

‘समृद्धिको महान् उद्देश्य लिँदा कहिलेकाहीँ धक्का लाग्छ, पार्टीलाई बलियो बनाए माथि उठ्न सकिन्छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाएर

एमालेका मनोनीत केन्द्रीय सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं– नेकपा एमालेका मनोनीत केन्द्रीय सदस्यहरूले शपथग्रहण गरेका छन् ।

भाषा आयोगको वार्षिक प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष भाषा आयोगका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद न्यौपानेले

करदाता प्रोत्साहन उपहार : पर्साका लालबाबुले पाए १० लाख

काठमाडौं– करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत असोज १ देखि १५ गतेसम्मको

विधान संशोधनमा पूर्वसभापतिको मर्यादा र स्थान समेटिने छ : प्रवक्ता चालिसे

काठमाडौं– नेपाली कांग्रेसले असोज १८ गतेदेखि काठमाडौंमा सुरु हुने पार्टीको