खोलामा टिपर धुँदा करेन्ट लागेर दुई जनाको मृत्यु « Khabarhub

खोलामा टिपर धुँदा करेन्ट लागेर दुई जनाको मृत्यु


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी – पूर्वी नवलपरासीको विनयी त्रिबेणी गाउँपालिका वडा नम्बर ३ स्थित खोलामा टिपर धुने क्रममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार, मृत्यु हुनेमा स्याङ्जा सेखमका ३५ बर्षीय टिपर चालक भरत थापा र नवलपरासीको विनयी त्रिबेणी ५ ध्रुवकोट का सहचालक १७ बर्षीय आशिष विक रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासी प्रहरी नायब उपरीक्षक एंवम सूचना अधिकारी मोहनबहादुर खाणले दिएको जानकारी अनुसार आज बिहान सवा नौ वजे विनयी त्रिवेणी ३ स्थित खोरन्डे खोलामा लु २ ख ४७४४ नम्बरको टिपर धुने क्रममा टिपरको पछाडिको भाग विधुत पोलको तारमा छुने जादा टिपरका चालक र सहचालकको घटनास्थलमा नै मृत्यु भएको हो।

दुर्घटना परी मृत्यु भएकाको मुचल्का उठाइ पोष्ट मार्टमका लागि पठाउने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ११ : ३८ बजे

नब्बे प्रतिशत छायाङ्कन भइसकेको ‘पाँच पाण्डव’बाट निकालिए सागर लम्साल ‘बले’

काठमाडौं– बलात्कार आरोप लागेपछि  कर्णाली फिल्म्स प्रालिले निर्माण गरिरहेको चलचित्र पाँच

सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन जरुरी : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सहकारी क्षेत्रलाई भरोसायोग्य बनाउन

सेना प्रमुखलाई पद छाड्न अमेरिकी युद्धमन्त्रीको निर्देशन, पेन्टागनमा खैलाबैला

काठमाडौं- अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध चर्काइरहेका बेला अमेरिकी युद्धमन्त्री

आर्टेमिस–२ : चन्द्रमातर्फ मानवताको नयाँ कदम

वाशिङ्टन डीसी- नासाको ‘आर्टेमिस–२’ मिशनका चार जना अन्तरिक्षयात्रीहरू शुक्रबार फ्लोरिडाको

माइक्रोबस र बस एकापसमा ठोक्किँदा १० जना घाइते

कमलामाई- सिन्धुलीको सुनकोशी गाउँपालिका–५ साइटारस्थित बीपी राजमार्गमा माइक्रोबस र बस