नेकपाको स्थायी कमिटी बैठक भोलि ११ बजे बस्ने « Khabarhub

नेकपाको स्थायी कमिटी बैठक भोलि ११ बजे बस्ने


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ ।

बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने भएको पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।

उनका अनुसार बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसअघि गत वैशाख ३१ गते पार्टी केन्द्रीय मुख्यालय धुम्बराहीमा बस्ने भनिएको बैठक स्थायी कमिटी सदस्यको कोरोना जाँचपछि मात्र बस्ने गरी स्थगन गरिएको थियो ।

स्थायी कमिटी सदस्य वेदुराम भुसालले बैठकका लागि कुनै कार्यसूची आफूहरुलाई नदिइए पनि सरकार र दलको कामको समीक्षा, आगामी दिनको कार्यभार र पार्टी एकताका बाँकी विषयमा छलफल हुने जानकारी दिए ।

बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुनेछ ।

स्थायी कमिटी सदस्य देवन्द्र पौडेलले सरकारको कामको समीक्षा, मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी), बजेट र कोभिड–१९ का बारेमा बैठकमा छलफल हुने बताए ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  १२ : ४४ बजे

शान्ति सैनिकको सुरक्षा सुनिश्चित गर्न आग्रह

एजेन्सी– लेबनानमा गत हप्ता तीन इन्डोनेसियाली शान्ति सैनिकको मृत्युको सम्भावित कारण

चितवनको ३८ प्रतिशत जमिन सिँचाइविहीन

चितवन– जिल्लामा खेती भइरहेको ३८ दशमलव २ प्रतिशत जमिनमा अझै

भोजपुरमा कुटपिटबाट एक जनाको मृत्यु

टक्सार– भोजपुरमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ । कुटपिटमा

ओलीबारे रास्वपाका पुरुषोत्तमको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउन माग

काठमाडौं– प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका एक सांसदले पूर्व प्रधानमन्त्री

बालेन सरकारको अर्थनीति कांग्रेसी विरासतले हाँक्ने

काठमाडौं– नेपालको राजनीतिमा ‘जेनजी’ पुस्ताको आन्दोलन र फागुन २१ गतेको