खोकी र श्वास प्रश्वाससँग सम्बन्धित बिरामीलाई काममा नलगाउनु : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

खोकी र श्वास प्रश्वाससँग सम्बन्धित बिरामीलाई काममा नलगाउनु : स्वास्थ्य मन्त्रालय


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यका बाहिरबाट आउनेहरु १४ दिन अनिवार्य होम क्वारेन्टाइनमा बस्नुपर्ने सुझाव दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले नियमित लाइभ अपडेटमा बोल्दै बाहिर जिल्लाबाट काठमाडौं उपत्यकामा आउने व्यक्तिले १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने बताएका हुन् ।

डा गौतमले उपत्यका बाहिरबाट आउनेलाई घरबेटीले कोरोना परीक्षणको रिपोर्ट माग्ने गरेको प्रति मन्त्रालयको ध्यानाकर्षण भएको पनि बताए ।

उनले उपत्यका बाहिरबाट भित्रिँनेवित्तिकै कोरोना परीक्षण गर्न नपर्ने तर १४ दिन होम क्वारेन्टाइनमा बस्दा कोरोनाको लक्षण देखिएमा भने स्वास्थ्यकर्मीको सल्लाहमा मात्र कोरोना परीक्षण गर्नुपर्ने बताए ।

‘काठमाडौं उपत्यकामा उपत्यका बाहिरबाट भित्रिने घरडेरा गरी बस्ने मानिसहरुलाई केही घरभेटीहरुले कोभिड १९ को पीसीआर परीक्षण नगरी घरमा प्रवेश गर्न रोक लगाएको बुझिएको छ, यस सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको गम्भीर ध्यानाकषर्ण भएको छ,’ डा गौतमले भने, ‘बाहिरबाट उपत्यका भित्रिनेबित्तिकै कोरोना परीक्षण गर्न नपर्ने र १४ दिन सम्म होम क्वारेन्टाइनमा बस्नुपर्ने, सो अवधिमा लक्षण देखापरेमा अस्पताल गइ चिकित्सकको सल्लाहमा मात्र परीक्षण हुनेछ ।’

उनले उपत्यका बाहिरबाट काठमाडौं आउनेलाई कोरोना परीक्षणको दवाब नदिन पनि अपिल गरेका छन् ।

उनले कोरोना भाइरस नियन्त्रण र रोकथामका लागि व्यापार व्यवसाय रोजगार दाता लगायत सबैले सचेत हुनुपर्ने बताएका छन् ।

उनले सबै किसिमका भेला तथा जमघटहरुमा कम्तिमा २ मिटरको दुरी अनिवार्य रुपमा प्रयो गर्ने, घर बाहिर निस्किँदा सर्जिकल मास्क वा तीन तह भएको कपडाको मास्क प्रयोग गर्नुपर्ने बताए ।

उनले सबै सार्वजकि स्थान र कार्यलयहरुमा हाल धुने वा स्यानिटाइजरको व्यवस्थापन गर्नुपर्ने, प्रत्येक दिन काम शुरु गर्नुअघि ज्वरो नाप्ने र १००. ४ डिग्री भन्दा बढी ज्वरो भएमा काममा नलगाउन समेत निर्देशन दिएका छन ।

यस्तै हाजिरीको व्यवस्था भएका कार्यलयहरुले फेस रिडिङ मेसिनको व्यवस्थापन गर्नुपर्ने पनि डा गौतमले बताए । यस्तै खोकी र श्वास प्रश्वाससँग सम्बन्धित बिरामीलाई काममा नलगाउन पनि डा गौतमको आग्रह छ ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ५ : १७ बजे

गर्मीका कारण महोत्तरीका विद्यालय धमाधम बन्द

जलेश्वर– विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय

लेबनानको हिजबुल्लाहमा भएको इजरायली आक्रमणमा ४९२ जनाको मृत्यु

एजेन्सी– लेबनानको स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार भएको इजरायली आक्रमणमा लेबनानमा

एनएमबी बैंकको बुद्ध भिसा कार्डबाट फ्लाइट टिकेट किन्दा विषेश छुट

काठमाडौं– एनएमबी बैंक लिमिटेड र बुद्ध एयरले एनएमबी बुद्ध भिसा

दुई महिनामा ६ अर्बभन्दा बढीका स्मार्टफोन भित्रिए 

काठमाडौं– चालु आर्थिक वर्ष २०८१-८२ को पहिलो दुई महिनामा ६

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका टोली अनुगमनमा सक्रिय

काठमाडौं– खाद्यप्रविधि तथा गुण नियन्त्रण विभागले खाद्य पदार्थको नियमित अनुगमन