झापामा ८ महिलासहित १३ जना कोरोना संक्रमित थपिए « Khabarhub

झापामा ८ महिलासहित १३ जना कोरोना संक्रमित थपिए


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा मंगलबार १३ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार झापामा ८ जना महिला र ५ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। झापामा कूल सङ्क्रमितको संख्या २ सय ५ पुगेको छ।

मंगलबार थपिएका संक्रमितमा सबै भन्दा बढी बुद्धशान्ति गाउँपालिकामा देखिएका छन्। त्यहाँ तीन जना महिला र तीन जना पुरुष छन्।

उनीहरुमध्ये कुवेतबाट आएका तीन महिला, भारतको मुम्बई र गुजरातबाट आएका पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख इश्वरी पौडेलले जानकारी दिए।

बिर्तामोड नगरपालिकाका दुई जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। ओमनबाट आएका एक जना स्थानीय क्वारेन्टिनमा बसेका थिए भने एक जना भारतको चेन्नईबाट फर्किएका हुन्। चेन्नईबाट फर्किएका होम क्वारेन्टिनमा रहेका थिए।

मेचीनगरमा तीन जना महिला सङ्क्रमित देखिएका छन्। दुई जना कुवेतबाट र एक जना भारतबाट फर्किएका हुन्। हल्दिबारी गाउँपालिकामा पनि थप दुई जना महिलामा सङ्क्रमण देखिएको छ। उनीहरु कुवेतबाट फर्किएका हुन्।

सङ्क्रमितहरूलाई मोरङको गोठगाउँ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ५ : ५२ बजे

बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमामा आबद्ध

बैतडी– बैतडीमा ६६ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

साल ०८२ : संगीतमा पनि बालेन बलियो, यी हुन् धेरै भ्युज पाउने गीत

०८२ लाई बिदा गर्दै गर्दा एकपट संगीत क्षेत्रको हाइटाइट हेरौँ

भोजपुरका सम्मरबहादुरको हत्यामा संलग्न चारजना पक्राउ

काठमाडौँ– भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा

लुम्बिनी प्रदेशमा दूध र मासु उत्पादनका लागि भैँसीको वंश सुधार कार्यक्रम

लुम्बिनी– लुम्बिनी प्रदेश सरकारले प्रदेशमा भैँसीको वंश सुधार कार्यक्रममार्फत दुग्ध

प्रहरीमा दर्ता जाहेरी तथा निवेदनको प्रगति ‘एसएमएस’बाटै प्राप्त हुने

काठमाडौँ– नेपाल प्रहरीले अबदेखि मातहतका निकायमा प्राप्त भएका निवेदन, गुनासा