झापामा ८ महिलासहित १३ जना कोरोना संक्रमित थपिए « Khabarhub

झापामा ८ महिलासहित १३ जना कोरोना संक्रमित थपिए


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा मंगलबार १३ जना कोरोना भाइरस सङ्क्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार झापामा ८ जना महिला र ५ जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो। झापामा कूल सङ्क्रमितको संख्या २ सय ५ पुगेको छ।

मंगलबार थपिएका संक्रमितमा सबै भन्दा बढी बुद्धशान्ति गाउँपालिकामा देखिएका छन्। त्यहाँ तीन जना महिला र तीन जना पुरुष छन्।

उनीहरुमध्ये कुवेतबाट आएका तीन महिला, भारतको मुम्बई र गुजरातबाट आएका पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका निमित्त प्रमुख इश्वरी पौडेलले जानकारी दिए।

बिर्तामोड नगरपालिकाका दुई जना पुरुषमा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ। ओमनबाट आएका एक जना स्थानीय क्वारेन्टिनमा बसेका थिए भने एक जना भारतको चेन्नईबाट फर्किएका हुन्। चेन्नईबाट फर्किएका होम क्वारेन्टिनमा रहेका थिए।

मेचीनगरमा तीन जना महिला सङ्क्रमित देखिएका छन्। दुई जना कुवेतबाट र एक जना भारतबाट फर्किएका हुन्। हल्दिबारी गाउँपालिकामा पनि थप दुई जना महिलामा सङ्क्रमण देखिएको छ। उनीहरु कुवेतबाट फर्किएका हुन्।

सङ्क्रमितहरूलाई मोरङको गोठगाउँ र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ५ : ५२ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ