तातोपानी नाका नियमित सञ्चालन « Khabarhub

तातोपानी नाका नियमित सञ्चालन


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तातोपानी नाका हुँदै सामान आयात निरन्तर रुपमा हुन थालेको छ ।

बाटो बनाउने क्रममा केही समय सामान बोकेका कन्टेनरहरु रोकिए पनि अहिले सो नाकामा कुनै अवरोध नभएको भन्सार कार्यालयले जनाएको छ ।

वर्षा लागेसँगै ठाउँठाउँमा पहिरो जाने सम्भावनालाई मध्यनजर गर्दै बाटो पन्छाउने उपकरण तयारी अवस्थामा राखिएको छ । बञ्जी छेउ भालेभीरमा बाटो अप्ठेरो भएता पनि अहिले सहज रुपमा कन्टेनरहरु गइरहेको कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए ।

बाह्रबिसेमाथि लिपिङसम्म पहाडी भिर भएकाले वर्षाको समयमा पहिरो आउने सम्भावना भने सधैँ रहन्छ । कोरोना भाइरसको त्रासका कारण गत माघ १६ गतेबाट बन्द भएको तातोपानी नाका गत चैत २६ गतेदेखि पुनः सञ्चालनमा आएको थियो ।

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ७ : ३९ बजे

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ

पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती

पर्वत– पुष्पलाल मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वत खण्ड मर्मत सुरु गरिएको छ