नवलपरासीमा करेन्ट लागेर दुईको मृत्यु « Khabarhub

नवलपरासीमा करेन्ट लागेर दुईको मृत्यु


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ भने एक जनाघाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मोहनबहादुर खाँणका अनुसार विनयीत्रिवेणी गाउँपालिका–३, सर्दीस्थित खोरण्डे खोलामा लु२ख ४७४४ नम्बरका टिपर धुने क्रममा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक स्याङ्जा चापाकोट नगरपालिका–६, बस्ने ३२ वर्षीय भरत थापा र नवलपुरको विनयीत्रिवेणी–५ धुरकोट देवराली बस्ने सहचालक १७ वर्षीय आशिष विक रहेका छन् ।

यस्तै सोही खोलामा नुहाइरहेका लु२ख ४४४८ नम्बरको टिपर चालक उपमहानरपालिका–१७ बस्ने ४५ वर्षका कृष्णबहादुर पाण्डेसमेत करेन्ट लागेर घाइते भएका छन् ।

मृतक दुई जनालाई शव परीक्षणका लागि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ८ : ५२ बजे

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,

‘सिचाङबाट नेपालले सांस्कृतिक सम्पदाको संरक्षणदेखि आधुनिक विकासम्म सिक्न सक्छ’

काठमाडौं– पूर्वउपसभामुख एवं सांसद इन्दिरा रानामगरले चीनको सिचाङबाट नेपालले सम्पदा संरक्षण,