नवलपरासीमा करेन्ट लागेर दुईको मृत्यु « Khabarhub

नवलपरासीमा करेन्ट लागेर दुईको मृत्यु


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नवलपुरको विनयीत्रिवेणी गाउँपालिकामा करेन्ट लागेर आज दुई जनाको मृत्यु भएको छ भने एक जनाघाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी मोहनबहादुर खाँणका अनुसार विनयीत्रिवेणी गाउँपालिका–३, सर्दीस्थित खोरण्डे खोलामा लु२ख ४७४४ नम्बरका टिपर धुने क्रममा करेन्ट प्रवाह हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।

मृत्यु हुनेमा चालक स्याङ्जा चापाकोट नगरपालिका–६, बस्ने ३२ वर्षीय भरत थापा र नवलपुरको विनयीत्रिवेणी–५ धुरकोट देवराली बस्ने सहचालक १७ वर्षीय आशिष विक रहेका छन् ।

यस्तै सोही खोलामा नुहाइरहेका लु२ख ४४४८ नम्बरको टिपर चालक उपमहानरपालिका–१७ बस्ने ४५ वर्षका कृष्णबहादुर पाण्डेसमेत करेन्ट लागेर घाइते भएका छन् ।

मृतक दुई जनालाई शव परीक्षणका लागि दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको छ । घाइतेको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचार भइरहेको छ ।

 

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ८ : ५२ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका