विश्वमा कोरोना : १ करोड ५३ लाखभन्दा बढीमा संक्रमण « Khabarhub

विश्वमा कोरोना : १ करोड ५३ लाखभन्दा बढीमा संक्रमण


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ५३ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

यो समाचार तयार पार्दासम्म एकै दिन २ लाख ७८ हजार ६२५ जनामा संक्रमण देखिएसँगै बिहीबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ५३ लाख ६३ हजार ८४३ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ७ हजार १०७ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख २९ हजार ७८८ पुगेको छ ।

बिहीबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ९३ लाख ४० हजार ९२७ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा २ लाख १४७ जनाको मृत्यु भएको छ । २७ लाख १७ हजार ४९० जना संक्रमित भएकोमा १६ लाख २२ हजार ८८६ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा २ लाख १ हजार ४१ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४७ लाख ९७ हजार ९३८ पुगेको छ । त्यसमध्ये २३ लाख ७५ हजार ९७८ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ८४ हजार ४६८ जनाको मृत्यु भएको छ । ३५ लाख ९८ हजार ६०८ जना संक्रमित भएकोमा २५ लाख ६८ हजार २८० जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख २६ हजार ९८८ जनाको मृत्यु भएको छ । ३४ लाख ६१ हजार ७८ जना संक्रमित भएकोमा २३ लाख २४ हजार ६८६ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १६ हजार ४७९ जनाको ज्यान गएको छ भने ७ लाख ७३ हजार ४१८ संक्रमित छन् । संक्रमितमध्ये ४ लाख ३८ हजार २८८ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १५० जनाको मृत्यु भएको छ । १४ हजार ५९० जना संक्रमित भएकोमा १० हजार १५८ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  ६ : २६ बजे

जेनेभामा इरान वार्ता : क्षेप्यास्त्र विवाद ओझेलमा

जेनेभा– नयाँ द्वन्द्व टार्ने प्रयासस्वरूप अमेरिका र इरानबीच स्विट्जरल्यान्डको जेनेभामा

नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर

काठमाडौं– नेपाल र भारत सरकारबीच जैविक विविधता संरक्षणसम्बन्धी द्विपक्षीय समझदारीपत्रमा

मिथिलाञ्चलको गाउँगाउँमा जोगिरा सुरु

जलेश्वर– होली पर्वको आगमनसँगै मिथिलाञ्चलका गाउँगाउँमा ‘जोगिरा’  (एक प्रकारको होलीको

यसअघि निर्माण भएका पूर्वाधारमा गुणात्मक सुधार गर्छु : राजन भट्टराई

काठमाडौं– काठमाडौं क्षेत्र नम्बर–४ बाट नेकपा एमालेका उम्मेदवार डा. राजन

आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो : आयोग

काठमाडौं– केन्द्रीय आचारसंहिता अनुगमन समितिमा हालसम्म प्राप्त ८७ उजुरीका सम्बन्धमा