वीरगञ्जका ७० वर्षे पुरुषको कोरोनाबाट मृत्यु, मृतकको संख्या ४३ पुग्यो | Khabarhub Khabarhub

वीरगञ्जका ७० वर्षे पुरुषको कोरोनाबाट मृत्यु, मृतकको संख्या ४३ पुग्यो


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नारायणी अस्पतालमा मृत्यु भएका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ। अस्पतालका डाक्टर उदय नारायण सिंहका अनुसार मृत्युपछि कोरोना पुष्टि भएका व्यक्ति वीरगञ्जका ७० वर्षका पुरुष हुन् ।

डा. सिंहका अनुसार ती पुरुष श्वासप्रश्वासको समस्या लिएर साउन ५ गते एड्भान्स मेडिकेयर नामका निजी अस्पतालमा भर्ना भएका थिए । उनको अवस्था जटिल बन्दै गएपछि उक्त अस्पतालले ६ गते नारायणी अस्पतालको व्यवस्थापनमा सञ्चालित कोभिड अस्पतालमा रेफर गरेको थियो ।

ती पुरुषको उपचारका क्रममा ६ गते बेलुका ४ बजे नै मृत्यु भएको थियो । अस्पतालले कोरोनाको आशंका गर्दै नमूना संकलन गरी उनको शव कोरोना व्यवस्थापन निर्देशिका अनुसार अस्पतालमै राखेको थियो ।

ती पुरुषको कोरोना परीक्षणको रिपोर्ट बुधबार राति पोजेटिभ आएको डा सिंहले बताए ।

‘हाम्रो अस्पतालमा मृत्यु भएका एकजना पुरुषमा कोरोना पोजेटिभ आएको छ, साउन ६ गते मृत्यु भएको थियो, ७ गते रिपोर्ट पोजेटिभ आयो,’ डा सिंहले खबरहबसँग भने, ‘उहाँको शव अस्पतालमै राखिएको थियो । कोरोना पोजेटिभ आएपछि अहिले आर्मीले शव व्यवस्थापन गर्दैछ ।’

२ चिकित्सकसहित १६ जनामा संक्रमित, ४ को अवस्था गम्भिर

डा सिंहका अनुसार मृतक पुरुषसँगै अन्य १६ जना व्यक्तिको पनि कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।

कोरोना संक्रमण पुष्टि भएको १६ जना नै वीरगञ्जका हुन् । उनीहरू मध्ये २ जना चिकित्सक भएको डा सिंहले बताए । उनका अनुसार नयाँ थपिएका १६ जना संक्रमितमध्ये ४ जनाको अवस्था गम्भिर छ ।

‘मृतक सहित १७ जनामा कोरोना पुष्टि भएको हो, १६ जना मध्ये उहाँहरू मध्ये २ जना चिकित्सक हुनुहुन्छ, ४ जनाको अवस्था गम्भिर छ,’ डा सिंहले भने, उहाँहरूलाई आइसीयूमा राखेर उपचार गर्नुपर्छ ।’

२९ मध्ये २३ जनामा कोरोनाको लक्षण

डा सिंहका अनुसार अस्पतालमा नयाँ थपिएका १६ जना बाहेक पनि २९ जना संक्रमितहरू उपचारत छन् । ती मध्ये २३ जना संक्रमितमा कोरोनाको लक्षणहरू देखिएको छ । अस्पतालमा भएका २९ जना संक्रमित मध्ये २ जना आइसीयूमा उपचारत छन् ।

डा सिंहका अनुसार असार मसान्तसम्ममा अस्पतालमा सामान्य बिरामीहरू मात्र देखिएपछि साउनदेखि लक्षण भएका कोरोना संक्रमितहरू आउन थालेका छन् ।

५० शय्याको नारायणी अस्पतालमा १० वटा आइसीयू वेड छन् । वीरगञ्जमा लक्षण देखिएका तथा स्वास्थ्य अवस्था गम्भिर भएका बिरामीहरू आउन थालेकाले संक्रमित थपिदै गएमा व्यवस्थापनमा चुनौती रहेको डा सिंहले बताए ।

‘साउन महिनादेखि वीरगञ्जमा लक्षण देखिएका र स्वास्थ्य अवस्था गम्भिर भएका संक्रमितहरू भेटिन थालेका छन्,’ डा सिंहले भने, ‘हिजो थपिएका संक्रमितहरूलाई त राख्ने ठाउँ छ तर अब संक्रमित थपिएभने कहाँ राख्ने भनेर ठूलो चुनौती छ ।’

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  १ : ३१ बजे

फिल्म ‘मनसारा’को रेड कार्पेट प्रिमियर

काठमाडौं – उपेन्द्र सुब्बाको लेखन र निर्देशन रहेको फिल्म ‘मनसारा’को

धुम्म मौसमले पर्यटनमा असर

गण्डकी – पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

कम्युनिष्ट पार्टीमा खिया लागेको छ : माधव नेपाल

चितवन – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री

डढेलोले सिङ्गो गाउँ नै जोखिममा

बागलुङ – बागलुङमा आगलागी हुँदा दुई घर र दुई गोठ

‘मिस सुप्रा नेसनल’ बनिन् सजिना खनाल

काठमाडौं – ‘मिस्टर एन्ड मिस नेसनल नेपाल २०२४’ को ग्रान्ड