बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी « Khabarhub

बाढी, पहिरो र डुबान प्रभावित क्षेत्रमा सेनाद्वारा उद्धार जारी


८ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा गएको बाढी, पहिरो र डुबानबाट प्रभावित स्थानमा नेपाली सेनाले खोज तथा उद्धारको कार्यलाई जारी राखेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार, सेनाले बाढीपहिरो प्रभावित क्षेत्रमा जनशक्ति र स्रोतसाधन परिचालिन गरी खोज उद्धार तथा राहत वितरणको कामलाई जारी राखेको छ ।

परिचालित फौजले अस्थायी तटबन्ध निर्माण, अस्थायी पुल निर्माण, अवरुद्ध भएका सडक सञ्चालन गर्ने र जोखिममा रहेका स्थानीयलाई सुरक्षित स्थानमा स्थानान्तरणको कार्य गरिरहेको छ।

सोही क्रममा झापा, तनहुँ, गोरखा, ललितपुर र रुपन्देहीका विभिन्न स्थानमा बाढी तथा पहिराका कारण विपदमा परेका नागरिकलाई उद्धार गरी सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उक्त निर्देशनालयले जनाएको छ ।

सेनाले झापा, चितवन र भक्तपुरमा स्थानीयको सहयोगमा अस्थायी तटबन्ध निर्माण गरी बाढी तथा पहिराबाट हुनसक्ने जोखिमको न्यूनीकरण गरेको जानकारी दिएको छ ।

रसुवा, पर्वत, तनहुँ, पाल्पा, मनाङ र काठमाडौँका विभिन्न स्थानमा अवरुद्ध सडक सञ्चालन गरेको तथा दार्चुलाको मालिकार्जुन गाउँपालिकाको पहिराका घाइतेलाई सेनाले उपचारका लागि हेलिकप्टरबाट उद्धार गरी नेपालगञ्ज लगेको थियो ।

प्राकृतिक प्रकोपका घटनामा परेका व्यक्तिको खोजी, उद्धार र राहतका लागि सेनाले काठमाडौँ, इटहरी, भरतपुर र सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा राखेको जानकारी गराएको छ ।

प्रकाशित मिति : ८ श्रावण २०७७, बिहीबार  १० : १५ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल