सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद सीपीएलमा जमैकाको हार « Khabarhub

सन्दीपको उत्कृष्ट प्रदर्शनका बाबजुद सीपीएलमा जमैकाको हार


७ भदौ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – नेपाली क्रिकेटर सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशनका बाबजुद क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा जमैकाले लगातार दोस्रो हार बेहोरेको छ ।

शनिबार राति गुएना अमेजन वारियर्सबिरुद्धको खेलमा सन्दीप सम्मिलित जमैका १४ रनले पराजित बनेको हो । १ सय १९ रनको सामान्य लक्ष्य पछ्याएको जमैकाले ७ विकेटको क्षतीमा १ सय ४ रनमात्र बनाउन सक्यो ।

उसका लागि आन्द्रे रसेलले अविजित ५२ रन बनाएपनि टोलीको हार टार्न सकेनन् । सन्दीप लामिछाने ३ बल खेल्दै शुन्य रनमा आउट भए ।

सुरुवातमा ब्याटिङ गरेको गुएनाले निर्धारित ओभर सकिन ५ बल बाँकी छदै अलआउट भएर १ सय १८ रन बनाएको थियो ।

सन्दीपले किफायती बलिङ प्रर्दशन गर्दै दुई विकेट लिएका थिए । सन्दीपले ४ ओभर बलिङ गर्दै ८ रन खर्चिएर २ विकेट लिएका हुन् ।

उनले शेरफेन रदरफोर्डलाई ६ रनमा पोविलियनको बाटो देखाए भने क्रिस ग्रिनलाई २ रनमा बोल्ड गरेका थिए ।

जमैकाले लगातार दोस्रो खेलमा पनि हार बेहोरेपछि तीन खेलमा मात्र २ अंक बटुल्दै तालिकाको पुछारदेखि दोस्रोमा छ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ८ : ४८ बजे

दशैँको अवसरमा नेपाल प्रहरीको निःशुल्क बस सेवा

काठमाडौं – नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बससेवा सञ्चालन गरेको

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको