कोरोनाको कहरकाबीच किसानको व्यस्त दैनिकी(फोटो फिचर) « Khabarhub

कोरोनाको कहरकाबीच किसानको व्यस्त दैनिकी(फोटो फिचर)


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

यतिबेला विश्व कोरोना भाइरस विरुद्धको महामारीसँग जुँधिरहेको छ ।

नेपालमा संक्रमणदर बढ्न थालेपछि काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा निषेधाज्ञा जारी भएको छ ।

निषेधाज्ञा लागू गराउन सुरक्षाकर्मी परिचालन भएका छन् भने निषेध आदेश उल्लंघन गर्नेलाई कारबाही पनि गरिएको छ । स्थानीय प्रशासनले पनि अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन आम सर्वसाधारणलाई आग्रह गरेको छ ।

कोरोना भाइरसको महामारीले सबै पेशा व्यवसाय प्राय: ठप्प हुँदा पनि कृषि पेशामा आबद्ध भएकाको दैनिकीमा कुनै परिवर्तन आएको छैन । उनीहरुलाई सँधै कामको चटारो हुने गरेको छ ।

तस्वीरमा हेर्नुहोस् किसानका दैनिकी

भक्तपुरको बोडेस्थित मनोहरा फाँटमा तरकारी रोप्न खेत तयार गर्दै कृषक ।
पर्साको अलौंमा सिथब्लाइट रोग लागेको सोना मन्सुली धानमा औषधि छर्किदै किसान ।
पर्साको पोखरिया नगरपालिकाको वैरियामा धान गोडदै किसान । सोना मन्सुली धानको बोटमा सिथब्लाइट रोग लागेपछि किसान चिन्तित भएका छन ।
भक्तपुरको बोडेस्थित मनोहरा फाँटमा आइतबार कृषिकहरु खेतमा काम गर्दै ।
भक्तपुरको बोडेस्थित मनोहरा फाँटमा आइतबार खेतमा काम गर्दै कृषक ।
भक्तपुरको बोडेस्थित मनोहरा फाँटमा आइतबार खेतमा काम गर्दै कृषक ।

तस्वीर : रासस

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ११ : २१ बजे

जुम्लामा ठूली भैली सुरु

जुम्ला– कर्णालीको मौलिक पर्व संरक्षण गर्ने उद्देश्यले जुम्लामा ठूली भैली

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।