५२ किलो गाँजासहित ३ जना पक्राउ « Khabarhub

५२ किलो गाँजासहित ३ जना पक्राउ


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवन प्रहरीले लागूऔषध गाँजासहित तीन जनालाइै पक्राउ गरेको छ । भरतपुरबाट चनौलीतर्फ जाँदै गरेको बा३ख ७९५८ नम्बरको ट्रक रोकेर चेकजाँच गर्ने क्रम्मा ५२ किलो १२५ ग्राम गाँजासहित तीन जनालाइ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

इलाका प्रहरी कार्यालय चनौलीबाट खटिएको प्रहरीको विशेष टोलीले शंका लागी ट्रक चेकजाँच गर्दा ट्रकको पछिल्लो भागमा प्लाष्टिकको बोराभित्र लुकाएर राखेको अवस्थामा उक्त परिमाणको गाँजा फेला परेको जनाइएको छ ।

पक्राउ पर्नेमा ट्रक चालक धादिङ थाक्रे गाउँपालिका–३ का २४ वर्षीय इन्द्रबहादुर तामाङ, ट्रकमा सवार सोही ठाउँका २१ वर्षीय दोर्जे तामाङ र भरतपुर महानगरपालिका–२४ का ६१ वर्षीय पदमबहादुर तामाङ छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङका अनुसार पक्राउ परेका ट्रक चालकमाथि अनुसन्धान गर्ने क्रममा उक्त गाँजा पदमबहादुर तामाङले मगाएर ल्याएको भन्ने बयान दिएपछि उनलाई घरबाटै प्रहरीले पक्राउ गरिएको हो ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  १ : ३९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले