आज ८१८ कोरोना संक्रमित थपिए, २८१ डिस्चार्ज (विवरणसहित) « Khabarhub

आज ८१८ कोरोना संक्रमित थपिए, २८१ डिस्चार्ज (विवरणसहित)

नेपालमा कोरोना संक्रमितको संख्या ३१,९३५ पुग्यो


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप ८१८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या ३१ हजार ९३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

कुन जिल्लामा कति थपिए ?

डा. गौतमका अनुसार  प्रदेश १ को झापामा ४ महिला र ६ पुरुष गरी १० जनामा कोरोना पुष्टि भएको छ । मोरङमा
२१ महिला र २९ पुरुष गरी  ५० जना, सुनसरीमा १ महिा र ८ पुरुष गरी ९ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी प्रदेश २ का जिल्लाहरुमध्ये धनुषामा १७ महिला र ४३ पुरुष गरी ६० जना, पर्सामा ३१ महिला र १०८ पुरुष गरी
१३९ जना, बारामा ६ महिला र ३३ पुरुष गरी ३९ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी महोत्तरीमा ५ महिला र २९ पुरुष गरी ३४, रौतहटमा २ महिला र ७ पुरुष गरी ९, सप्तरीमा ४ जना, सर्लाहीमा ११ महिला र ८० पुरुष गरी ९१, सिरहामा १४ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी बाग्मती प्रदेशको काठमाण्डौमा ४७ महिला र ७९ पुरुष गरी १२६, भक्तपुरमा ११ महिला र १७ पुरुष गरी २८ जना र ललितपुरमा ७ महिला र ५ पुरुष गरी १२ जनामा कोरोना पुष्टि भएको छ ।

बाग्मती प्रदेशकै  काभ्रेपलान्चोकमा १३ महिला र १४ पुरुष गरी २७ , दोलखामा ३ महिला र ३ पुरुष गरी ६ जना, धादिङमा १ जना, मकवानपुरमा १ जना, रसुवामा १ जना, रामेछाप २ जना र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी गण्डकी प्रदेशको कास्कीमा ३ महिला र २ पुरुष गरी ५ जना, गोरखामा २ जना, नवलपरासी पूर्वमा ३ महिला र ३ पुरुष  गरी ६ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै प्रदेश ५ को अर्घाखाँचीमा १ महिला र ११ पुरुष गरी १२, कपिलवस्तुमा १ महिला र १० पुरुष गरी ११ जना, नवलपरासीमा ९ महिला  र २१ पुरुष गरी ३०, पाल्पामा महिला र पुरुष गरी २ जना, प्युठानमा २ जना, बर्दियामा २ जना, बाँकेमा ५ महिला र ६ पुरुष गरी ११ जना, रुकुम पूर्वमा १ जना, रुपन्देहीमा ६ महिला र २२ पुरुष  गरी २८ जना र रोल्पामा १ जनामा कोरोना पुष्टि भएको छ  ।

यसैगरी कर्णाली प्रदेशको जुम्लामा महिला र पुरुष गरी २ जना, रुकुम पश्चिममा  २ महिला र ४ पुरुष गरी ६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेशको अछाममा ४ महिला र १९ पुरुष गरी २३, डडेल्धुरामा २ जना, दार्चुलामा १ जना, बझाङमा १ महिला र २ पुरुष गरी ३ जना, बैतडीमा १ महिला र ३ पुरुष गरी ४ जनामा कोरोना पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार आज २२० महिला र ५९८ पुरुष गरी ८१८ जनामा कोरोना पुष्टि भएको हो । हालसम्म मुलुकभर सक्रिय संक्रमितको संख्या १३ हजार १५५ रहेको छ ।

यी हुन ५ सय भन्दा बढी कोरोना संक्रमित भएका ६ जिल्ला

पर्सा
महोत्तरी
रौतहट
काठमाडौं
मोरङ
सर्लाही

२८१ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप २८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १८ हजार ६३१ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

कुन प्रदेशमा कति जना संक्रमण मुक्त ?

प्रदेश १ मा १२८० जना

प्रदेश २ मा ४१९४ जना

वाग्मती प्रदेश ७६७ जना

गण्डकी प्रदेशमा १६१०जना

प्रदेश ५ मा ४४२३ जना

कर्णाली प्रदेशमा १९७७ जना

सुदूरपश्चिम प्रदेशमा ४३८० जना

यी हुन कोरोना संक्रमणमुक्त भएका ३ जिल्ला

म्याग्दी
मुस्ताङ
हुम्ला

मन्त्रालयका अनुसार शनिबारसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १४६ पुगेको थियो । आज थप ३ जनाको कोरोनाले मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या १४९ पुगेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ५ : १९ बजे

कसरी सम्भव भयो,ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई