काठमाडौंमा समुदायस्तरमा कोरोना फैलिए नियन्त्रण गर्न कठिन : स्वास्थ्य मन्त्रालय « Khabarhub

काठमाडौंमा समुदायस्तरमा कोरोना फैलिए नियन्त्रण गर्न कठिन : स्वास्थ्य मन्त्रालय


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिए नियन्त्रण गर्न कठिन हुने जनाएको छ ।

मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा आइतबार प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा केही दिनयता संक्रमणदर बढ्दै गएको हुँदा त्यसतर्फ सचेत हुन आग्रह गरे ।

उनले काठमाडौंमा धेरै जनसंख्या भएकाले समुदायस्तरमा फैलिए नियन्त्रण गर्न कठिन हुने बताए ।

‘काठमाडौंमा बढिरहेको संक्रमितको संख्याले हामीलाई चिन्तित बनाएको छ,’ उनले भने, ‘उपत्यकाको जनसंख्या झन्डै ५० लाख छ । यहाँ संक्रमण समुदायस्तरमा पुग्यो भने कन्ट्रोल गर्न धेरै कठिन हुनेवाला छ ।’

जनस्वास्थ्यकाे मापदण्ड अपनाउन मन्त्रालयले गर्दै आएको अनुरोध पालना नभएकाले पनि काठमाडाैंमा संक्रमण बढेको बताए ।

उनले राजनीतिक दल, संघसंस्थालाई भेला, जुलुस नगर्न सचेत गराए पनि त्यो राम्रोसँग पालना नभएको उल्लेख गरे ।  अत्यावश्यक नभई घरबाट ननिस्कने, दूरी कायम नगरेकाे, मास्कको प्रयोग, हात धुने नियम सबैलाई पालना गर्न समेत उनले आग्रह गरे ।

काठमाडौं उपत्यकामा आज मात्रै थप १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा १२ र भक्तपुरमा २८ जना गरी जम्मा १६६ जना संक्रमित थपिएका हुन् ।

यसअघि शनिबार काठमाडौँ उपत्यकामा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमा काठमाडौंका १६० जना, ललितपुरका ६ र भक्तपुरका ५० जना थिए ।

काठमाडौं उपत्यकामा हालसम्म ३ हजार ९६ जनामा कोभिड १९ संक्रमण देखिएको छ।

काठमाडौमा २ हजार ४ सय ५३, ललितपुरमा ३ सय ९९ र भक्तपुरमा २ सय ४४ संक्रमित रहेको स्वस्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ५ : ३४ बजे

कसरी सम्भव भयो,ओलीको इलाकामा बालेनको धमाका ?

हुन त म पनि हिजोसम्म पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष

रसुवा अस्पतालमा सेवा विस्तार

रसुवा– रसुवाको धुन्चेस्थित रसुवा जिल्ला अस्पतालमा शल्यक्रिया सेवा उपलब्ध हुन

मधुमेह, उच्च रक्तचाप र मिर्गौलाको समस्या उच्च

पाँचथर– हिलिहाङ गाउँपालिकाले सञ्चालन गरेको नसर्ने रोगको खोजपड्ताल (स्क्रिनिङ) कार्यक्रममा

बुटवल–नारायणगढ सडक अझै अवरुद्ध

नवलपरासी– शुक्रबारदेखि अवरुद्ध बनेको बुटवल–नारायणगढ सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा आउन

सवारीसाधान आवागमनमा रोक लगाएर धुलिखेल–खावा सडक स्तरोन्नति थालियो

काभ्रेपलाञ्चोक– अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा सवारीसाधान आवागमनमा रोक लगाई