सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री भट्ट ‘सेल्फ क्वारेन्टाइन’मा « Khabarhub

सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री भट्ट ‘सेल्फ क्वारेन्टाइन’मा


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्‍चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टका सवारी चालकमा कोरोना संक्रमण देखिएको छ ।

आइतबार सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा मुख्यमन्त्रीका सवारी चालकमा कोरोना पुष्टि भएको हो ।

मुख्यमन्त्री निवासको गाडी चलाउँदै आएका २३ वर्षीय उनलाई सेती प्रादेशिक अस्पतालको आइसोलेशनमा राखिएको उनको सचिवालयले जनाएको छ ।

चालकलाई कोरोना पुष्टि भएपछि मुख्यमन्त्री भट्ट सेल्फ क्‍वारेन्टाइनमा बसेका छन् । उनी आफ्नै निवासमा सुरक्षित ढंगले सेल्फ क्वारेन्टाइनमा बसेको मुख्यमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

संक्रमित चालक मुख्यमन्त्रीसँगै उनको परिवारसहित केही दिनअघि डोटी पुगेर फर्किएको बताइएको छ ।

मुख्यमन्त्रीसहित परिवारका अन्य सदस्य र सम्पर्कमा आएका सबैको कोरोना परीक्षण गर्ने तयारी भएको छ ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ६ : ३७ बजे

आयुर्वेद औषधि, उपचार वा सामग्रीको नाममा भ्रामक प्रचार नगर्न परिषद्को निर्देशन 

काठमाडौं– आयुर्वेद चिकित्सा परिषद् नेपालले आयुर्वेद औषधि, उपचार वा सामग्रीको

अहिले त हामीलाई जसले पनि हप्काउँछ, जसले पनि थर्काउँछ : केपी ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजधानीमा पछिल्लो समयमा

अभिनेता धनुष र मृणाल ठाकुरको विवाह भ्यालेन्टाइन्स डेमा !

काठमाडौं– बलिउड अभिनेता धनुष र अभिनेत्री मृणाल ठाकुर लामो समयदेखि

दुई कांग्रेसको जम्काभेट हुने भएपछि बहादुर भवनमा उच्च सतर्कता

काठमाडौं- निर्वाचन आयोगको सुरक्षा व्यवस्था चुस्त पारिएको छ । नेपाली

न्युजिल्यान्डद्वारा इरान दूतावास बन्द

काठमाडौं- न्युजिल्यान्ड सरकारले इरानमा बिग्रँदै गएको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै