यसकारण भनिन्छ शिलाजीतलाई जडीबुटीको राजा  « Khabarhub

यसकारण भनिन्छ शिलाजीतलाई जडीबुटीको राजा 


७ भाद्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

विभन्न अग्ला पहाड तथा पहराहरूमा पाइने जडीबुटी शिलाजीतका विषयमा धेरैलाई थाहा नहुन सक्छ ।

आयुर्वेदमा शिलाजीतको विशिष्ट स्थान छ । यसलाई जडीबुटीहरूको राजा मानिएको छ । बलपुष्टिकारक, ओजवर्धक, दौर्बल्यनाशक र पौष्टिक गुण शिलाजीतमा पाइने हुँदा मानव स्वास्थ्यका लागि  निकै लाभदायक मानिन्छ ।

रोगीको रोग हटाउनका लागि मात्र नभई स्वस्थ व्यक्तिका लागि पनि शिलाजीत निकै लाभदायी हुने बताइन्छ । यौन दौर्बल्य अर्थात् नपुंसकताबाट पीडित विवाहित व्यक्तिले मात्र नभई अविवाहित युवकले पनि यसको सेवन गर्दा लाभ पुर्‍याउने बताइन्छ ।

विशेषगरी मधुमेह, धातुक्षीणता, बहुमूत्र, स्वप्नदोष, शारीरक दुर्बलता लगायतका रोगहरू यसले निर्मूल पार्ने गर्छ ।

शुद्ध शिलाजीत १० ग्राम, केशर दुई ग्राम, अम्बर दुई ग्राम मिसाएर मजाले घोटेर दुई दुई रत्तीको गोली बनाउनुस् । यसलाई बिहान बेलुका दूधसँग खानुस् । स्वप्नदोष आउन बन्द हुन्छ अनि शरीरमा बल र पुष्टि आउँछ ।

शीघ्रस्खलनका रोगी विवाहित पुरुषले यसको सेवन गर्दा समस्या समाधान हुन्छ । अमिलो कुरा नखाइकन कम्तीमा पनि ६० दिन यसरी शिलाजीत खानुपर्छ ।

आयुर्वेदका अनुसार शिलाजीतको उत्पत्ति पत्थरबाट भएको हो । संस्कृतमा पत्थरलाई शिला भनिन्छ । गर्मीको मौसममा पर्वतका चट्टानहरूबाट धातुको अंश पग्लेर चुहिन थाल्छ । यही चुहिएको पदार्थ शिलाजीत हो । हेर्दाखेरी यो अलकत्रा जस्तो कालो र गाढा देखिन्छ । सुकेपछि यो एकदम चमकिलो हुन्छ ।

यो तीतो, कसिएको र तातो हुन्छ । शिलाजीतको मुख्य उद्देश्य शरीरलाई बल दिएर स्वस्थ, शक्तिशाली र पुष्ट बनाउनु हो । शिलाजीत सुक्दाखेरी गोमूत्रजस्तो गन्ध आउँछ ।यसको सेवनले बुढ्यौलीका समस्या पनि समाधान हुन्छन् ।

शिलाजीत चार प्रकारका हुन्छन् : रजत, स्वर्ण, लौह र ताम्र । प्रत्येक प्रकारको शिलाजीतका गुण तथा लाभ पनि प्रकृति अनुसार नै हुन्छ ।

पित्त प्रकोप (एसिडिटी) वा अम्लपित्त (हाइपर एसिडटी)बाट पीडित रोगी, आँखा रातो हुने समस्या, पेटको अल्सर, शरीरको ताप, अंगमा जलन जस्ता समस्या भएका व्यक्तिले शिलाजीत सेवन गर्नु हुँदैन ।

प्रकाशित मिति : ७ भाद्र २०७७, आइतबार  ४ : ०४ बजे

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित

ट्रम्पको ‘ट्रुथ’ र ‘महान् साम्राज्य ध्वस्त हुने’ अपोलो देवीको भविष्यवाणी

काठमाडौं– इरानविरुद्ध युद्ध जारी रहँदा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘फेरि

सरकारी सञ्चारमाध्यममा मात्र सूचना प्रकाशन तथा प्रसारण गर्ने नीति परिवर्तन गर्न पत्रकार महासङ्घको आग्रह

काठमाडौं – नेपाल पत्रकार महासङ्घले सरकारी सञ्चारमाध्यममा मात्र सरकारी सूचना