लुइस स्वारेजले बार्सिलोना छाड्ने पक्का « Khabarhub

लुइस स्वारेजले बार्सिलोना छाड्ने पक्का


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- बार्सिलोनाका महत्वपूर्ण खेलाडी लुइस स्वारेजले बार्सिलोना छाड्ने पक्का भएको छ ।

बार्सिलोनाले क्लव छाड्ने स्वीकृति दिएसँगै उनी स्पेनिस ला लिगा टिम एथ्लेटिको मड्रिड जाने भएका छन् ।

बार्सिलोनाले उनलाई स्वतन्त्र मूल्यमा जान दिएको हो । ६ वर्ष बार्सिलोनामा रहेका उनले २८३ खेलमा १९८ गोल गरेका छन् ।

पासपोर्ट सम्बन्धी समस्याका कारण इटालियन सिरी ए क्लब युभेन्टससँगको सम्झौता प्रयास असफल भएपछि स्वारेज पारिश्रमिक घटाएर एथ्लेटिकोमा जान तयार भएका हुन् ।

एथ्लेटिकोले स्वारेजका लागि बार्सिलोनालाई चार मिलियन युरो मात्रै तिर्ने छ । यस्तै स्वारेजले बार्सिलोनामा वार्षिक ३० मिलियन युरो पारिश्रमिक पाउने गरेकोमा एथ्लेटिकोमा त्यसको आधा पाउने छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ६ : ३६ बजे

चैते दसैँमा कालिका मन्दिरमा भक्तजनको भीड

बागलुङ : गण्डकी प्रदेशको प्रसिद्ध शक्तिपीठ बागलुङ कालिका मन्दिरमा भक्तजनको

अनुगमनमा कैफियत भेटिएपछि तीन वटा फर्मलाई जरिवाना

काठमाडौँ– स्थलगत अनुमगनका क्रममा कैफियत देखिएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता

बाँदरका कारण बाँझिदै खेतीयोग्य जमिन

भोजपुर– बाँदरले दुःख दिन थालेपछि भोजपुरमा खेतीयोग्य जमिन बाँझो हुने

कांग्रेस बैठक: सभापित थापाको ‘महाधिवेशन प्रस्ताव’ माथि केन्द्रीय सदस्यले धारणा राख्दै

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बुधबार पनि बस्दै

तीन हजारभन्दा बढीलाई विपद् प्रतिकार्य तालिम

काभ्रे– काभ्रेको पाँचखालस्थित सशस्त्र प्रहरी बल नेपाल १५ नम्बर गण