चीनका लागि सुराकी गरेको अभियोगमा तिब्बती मुलका अमेरिकी प्रहरी पक्राउ « Khabarhub

चीनका लागि सुराकी गरेको अभियोगमा तिब्बती मुलका अमेरिकी प्रहरी पक्राउ


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- न्यूयोर्कमा कार्यरत एक अमेरिकी प्रहरी अधिकारी चीनका लागि सुराकी गरेको अभियोगमा पक्राउ परेका छन् ।

तिब्बतमा जन्मिएका बाइम्दाजी आन्वाङले न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने चिनियाँ नागरिकहरूको गतिविधि चीनलाई उपलब्ध गराएको आरोप लगाइएको छ ।

न्यूयोर्क प्रहरीको सामुदायिक मामिला एकाइमा कार्यरत आन्वाङले तिब्बती समुदायभित्र पनि गोप्य सूचनाको सम्भावित स्रोत  मूल्याङ्कन गर्न सघाएको बताइएको छ।

अमेरिकाको अङ्गीकृत नागरिक रहेका उनी दोषी ठहरिएमा जेल जानेछन् । उक्त आरोप पुष्टि भए उनलाई ५५ वर्षसम्म जेल सजाय हुन सक्ने बीबीसीले जनाएको छ।

अभियोजनकर्ताहरूका अनुसार आङ्वाङ अमेरिकन आर्मी रिजर्भमा पनि नागरिक मामिला विज्ञको रूपमा कार्यरत छन्। विभिन्न दस्तावेजहरूका अनुसार उनका बुवा सेवानिवृत्त चिनियाँ सैनिक र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का सदस्य थिए।

उनकी आमा पनि सीपीसीको सदस्य र चिनियाँ सरकारी कर्मचारी थिइन्। उनलाई चिनियाँ वाणिज्य दूतावासका दुई अधिकारीहरूसँग सम्पर्कमा रहेको आरोप लागेको छ।

उजुरीमा भनिए जस्तै भएको सत्य भए बाइम्दाजी आन्वाङले देशका लागि लिएका सबै शपथको उल्लङ्घन गरेको मात्रै नभई अमेरिकी सेना र न्यूयोर्क प्रहरीविरुद्ध पनि क्रियाशील भएको पुष्टि हुने न्यूयोर्क प्रहरीका आयुक्तले विज्ञप्तिमा मार्फत जनाएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ७ : १७ बजे

नेतृत्व छोड्न संस्थापनकै दबाब, खड्कालाई हस्तान्तरण गर्न पनि तयार भएनन् देउवा

काठमाडौं- नेपाली कांग्रेसको विवादले गम्भीर मोड लिइरहँदा सभापति शेरबहादुर देउवा

चौथो कृषि जैविक विविधता दिवसका अवसरमा बृहत् रैथाने कृषि मेला

काठमाडौं– यही माघ १ गते चौथो राष्ट्रिय कृषि जैविक विविधता

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित, भोलि बिहान ८ बजे बस्ने

काठमाडौं– सानेपामा सुरु भएको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक केही

यो विद्रोह हो : गगन थापा

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले विशेष महाधिवेशन नियमित कार्यक्रम