चीनका लागि सुराकी गरेको अभियोगमा तिब्बती मुलका अमेरिकी प्रहरी पक्राउ « Khabarhub

चीनका लागि सुराकी गरेको अभियोगमा तिब्बती मुलका अमेरिकी प्रहरी पक्राउ


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- न्यूयोर्कमा कार्यरत एक अमेरिकी प्रहरी अधिकारी चीनका लागि सुराकी गरेको अभियोगमा पक्राउ परेका छन् ।

तिब्बतमा जन्मिएका बाइम्दाजी आन्वाङले न्यूयोर्क क्षेत्रमा बसोबास गर्ने चिनियाँ नागरिकहरूको गतिविधि चीनलाई उपलब्ध गराएको आरोप लगाइएको छ ।

न्यूयोर्क प्रहरीको सामुदायिक मामिला एकाइमा कार्यरत आन्वाङले तिब्बती समुदायभित्र पनि गोप्य सूचनाको सम्भावित स्रोत  मूल्याङ्कन गर्न सघाएको बताइएको छ।

अमेरिकाको अङ्गीकृत नागरिक रहेका उनी दोषी ठहरिएमा जेल जानेछन् । उक्त आरोप पुष्टि भए उनलाई ५५ वर्षसम्म जेल सजाय हुन सक्ने बीबीसीले जनाएको छ।

अभियोजनकर्ताहरूका अनुसार आङ्वाङ अमेरिकन आर्मी रिजर्भमा पनि नागरिक मामिला विज्ञको रूपमा कार्यरत छन्। विभिन्न दस्तावेजहरूका अनुसार उनका बुवा सेवानिवृत्त चिनियाँ सैनिक र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का सदस्य थिए।

उनकी आमा पनि सीपीसीको सदस्य र चिनियाँ सरकारी कर्मचारी थिइन्। उनलाई चिनियाँ वाणिज्य दूतावासका दुई अधिकारीहरूसँग सम्पर्कमा रहेको आरोप लागेको छ।

उजुरीमा भनिए जस्तै भएको सत्य भए बाइम्दाजी आन्वाङले देशका लागि लिएका सबै शपथको उल्लङ्घन गरेको मात्रै नभई अमेरिकी सेना र न्यूयोर्क प्रहरीविरुद्ध पनि क्रियाशील भएको पुष्टि हुने न्यूयोर्क प्रहरीका आयुक्तले विज्ञप्तिमा मार्फत जनाएका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ७ : १७ बजे

भाडा बढी लिए कारबाही हुन्छ : महासङ्घ

काठमाडौँ– नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले चाडपर्वको समयमा तोकिएकोभन्दा बढी

आज विश्व दृष्टि दिवस मनाइँदै

काठमाडौँ- ‘आँखालाई माया गरौँ, दृष्टिको रक्षा गरौँ’ भन्ने नाराका साथ

आईपीयू महासभामा नेपालको आपत्कालीन प्रस्ताव दुईतिहाइ बहुमतले चयन

तान्जानिया– तान्जानियाको अरुसामा जारी अन्तर–संसदीय संघ (आईपीयू) को १५३औँ महासभामा

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल