अमेरिकामा थप ३५ हजारमा कोरोना संक्रमण « Khabarhub

अमेरिकामा थप ३५ हजारमा कोरोना संक्रमण


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा थप ३५ हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

बुधबार ३५ हजार ६९६ जनामा संक्रमण पुष्टि भएसँगै अमेरिकामा कोरोना संक्रमित संख्या ७० लाख ९७ हजार ९३७ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ४३ लाख ४६ हजार ११० जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख ४६ हजार ३५६ जनामध्ये १४ हजार ५९ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ५ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार बुधबार थप ९६९ जनाको मृत्यु भएसँगै अमेरिकामा मृतक संख्या २ लाख ५ हजार ४७१ पुगेको हो ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ७ : ५० बजे

बेनी–जोमसोम–कोरला सडक : कुनौटामा मार्ग छिचोलियो

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण अवरुद्ध बनेको चीन

केही भूभागमा चट्याङसहित भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज बिहान १० बजेदेखि मतदान

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय नेतृत्व चयनका लागि

तनहुँ जलविद्युत् आयोजनाको भौतिक प्रगति ७८ प्रतिशत

तनहुँ– तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा ७८

जुम्लामा आज सार्वजनिक बिदा

जुम्ला– कर्णाली प्रदेश सरकारले जुम्ला जिल्लाभर आज सार्वजनिक बिदा दिएको