एनसेलले ल्यायो टिकटक र फेसबुकका लागि थप प्याक « Khabarhub

एनसेलले ल्यायो टिकटक र फेसबुकका लागि थप प्याक


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- एनसेलका ग्राहकले अब थप विकल्पहरुका साथ लोकप्रिय सामाजिक सञ्जाल टिकटक र फेसबुकको ननस्टप मजा लिन सक्ने भएका छन् ।

एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड) ले आफ्ना ग्राहकका लागि ननस्टप अफरहरु अन्तर्गत थप विकल्प प्रदान गर्दै टिकटक र फेसबुक प्याकमा एक दिन र ३० दिनको आकर्षक योजना ल्याएको छ ।

‘प्लस’ थिम अन्तर्गत फोरजी ग्राहकलाई ध्यानमा राखी ल्याइएका यी नयाँ प्याकहरु बुधबार (असोज ७) देखि संचालनमा आएका छन् । ‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने उद्देश्य लिएको छ ।

ग्राहकले आफ्नो आवश्यकता अनुसार एक दिन वा ३० दिनको समयसिमा रहेका यी प्याकहरु सजिलै सुचारु गरी सुलभ दरमा यी सामाजिक सञ्जालहरुको प्रयोगबाट मजा लिन सक्छन् । ग्राहकले रु २५ (कर सहित रु ३१.९२) मा एक दिनको टिकटक वा फेसबुक प्याक सुचारु गर्न सक्छन् ।

त्यस्तै ३६० (कर सहित ४५९.६८) मा ३० दिनको समयावधि रहेको टिकटक वा फेसबुक प्याक लिई आफूले लिएको प्याकको समयसिमा बाँकी रहेसम्म ननस्टप रुपमा यसको फाइदा लिन सक्छन् । यति मात्र नभई यो ३० दिनको प्याक लिने ग्राहकले अन्य प्रयोजनका लागि इन्टरनेट चलाउन थप ६ जीबी डेटा बोनस स्वरुप प्राप्त गर्दछन् ।

एनसेलको फोरजी सेवा लिएका ग्राहकले एस्ट्रिक्स१७१२३एस्ट्रिक्स १ह्यास डायल गरी यी नयाँ प्याकहरु प्राप्त निर्देशन अनुसार ननस्टप अफरको विकल्पहरुबाट सजिलैसँग छानेर सुचारु गर्न सक्छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  १ : २८ बजे

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित

अफगानिस्तानको राजधानीमा बम विस्फोट, सात जनाको मृत्यु

काबुल – अफगानिस्तानको राजधानी काबुलमा सोमबार भएको विस्फोटमा परी कम्तीमा

सोलुखुम्बुमा आठ हजार ८४८ बोट वृक्षरोपण गरिने

सोलुखुम्बु – विश्व हिउँ दिवसको अवसर पारेर लुम्बिनी वल्र्ड पिस

स्याङ्जामा कांग्रेसबाट मल्ल र ढकाल उम्मेदवार बन्ने

काठमाडौं – स्याङ्जामा नेपाली कांग्रेसका पूर्व सांसद भागवतप्रकाश मल्ल र

पूर्णबहादुर खड्काले भनेः अवैधानिक निर्णयविरुद्धको रिट फिर्ता भएको छैन

काठमाडौं – नेपाली कांग्रेसको आधिकारिकता गुमाएको समूहका कार्यवाहक सभापति पूर्णबहादुर