सोनु सुदले फेरि जिते दिल, ट्युमरपीडित बालिकाको गराए अपरेशन « Khabarhub

सोनु सुदले फेरि जिते दिल, ट्युमरपीडित बालिकाको गराए अपरेशन


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड कलाकार सोनु सुदले कोरोना महामारीका बेला सहयोगको हात अगाडि बढाएर फ्यानको मन जितेका छन् ।

लकडाउनका दौरान उनले प्रवासी मजदुरलाई उनको घरसम्म जाने व्यवस्था मिलाएका थिए । यसपटक उनले बिहारकी एक बालिकाको ट्युमरको अपरेशन गर्ने व्यवस्था मिलाएर वाहवाही कमाएका छन् ।

बिहारमा रहने दिव्या ट्युमरबाट पीडित थिइन् । उनकी दिदी नेहाले सामाजिक सञ्जालमार्फत अभिनेतालाई ट्याग गरेर सहयोग मागेकी थिइन् ।

उनले लेखेकी थिइन् कि, बहिनीको हालत खराब छ, सर्जरी गराउनुपर्ने देखिएको छ ।

लकडाउनका कारण दिव्याको उपचार हुन सकिरहेको थिएन । उनले सोनूसँग दिव्याको उपचारका लागि सहयोग गर्न मद्दत गरेकी थिइन् ।

यसको जवाफ दिँदै सोनू सुदले लेखे – तपाईंकी बहिनी मेरी पनि बहिनी हुन् । एक अस्पतालमा व्यवस्था गरिएको छ, अब उनको स्वास्थ्यको ख्याल गर्ने मेरो जिम्मेवारी हो ।

सोनूको पहलमा एम्स ऋषिकेशमा दिव्याको सफलतापूर्वक उपचार गरिएको छ । सोनूको यो सहयोगपछि फ्यानले सामाजिक सञ्जालमा उनलाई धन्यवाद व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ३ : ३६ बजे

भरौल गोल्डकप : चित्लाङ फुटबल क्लब सेमिफाइनलमा

सुनसरी – चित्लाङ फुटबल क्लब नवौँ अन्तर्राष्ट्रिय भरौल गोल्डकपको सेमिफाइनलमा

नयाँ शैक्षिक सत्रको भर्ना वैशाख १५ देखि शुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ – नेपाल सरकारले नयाँ शैक्षिक सत्र २०८३ वैशाख १५

नेपाल ‘ए’ले ओमान, स्कटल्यान्ड र अमेरिकासँग खेल्ने

काठमाडौं – नेपाल ‘ए’ क्रिकेट टोलीले तीन देशसँग खेल्ने एक

लेबनान युद्धविरामको ‘अविभाज्य भाग’ : इरानी सभामुख

तेहरान – लेबनान अमेरिकासँग लागु गरिएको दुई हप्ताको युद्धविरामको एक

झापामा असिनापानीले कृषि क्षेत्रमा तीन अर्बको क्षति

झापा – फागुनको अन्तिम सातायता झापामा पटक–पटक आएको हावाहुरी र