प्रभु बैंकको डिबेन्चर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुने « Khabarhub

प्रभु बैंकको डिबेन्चर नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबार हुने


७ आश्विन २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रभु बैंकले गत साउनमा बिक्री गरेको ‘प्रभु बैंकको डिबेन्चर २०८४’ नेपाल स्टक एक्सचेञ्जमा सूचीकरण भएको छ ।

बैंकले १० प्रतिशत ब्याजदरमा ८ वर्षे अवधिको ‘प्रभु बैंक डिबेन्चर २०८४’ जारी गर्दै एक हजार रुपैयाँ अंकित दरमा २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्रमा बिक्री गरेको थियो ।

नेप्सेमा ऋणपत्र सूचीकरण भएसँगै असोज ८ गतेदेखि कारोबार गर्न सकिने नेप्सेले जनाएको छ ।

बैंकले कूल २ अर्ब रुपैयाँको २० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता व्यक्तिगत तबरबाट, त्यस्तै ८० करोड रुपैयाँ बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणमा बिक्री गरेको थियो ।

उक्त बैंकको ऋणपत्रलाई केयर रेटिङ्ग नेपालले केयर एनपी त्रिपल बी रेटिङ्ग प्रदान गरेको थियो ।

प्रकाशित मिति : ७ आश्विन २०७७, बुधबार  ३ : १५ बजे

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी

ह्वाइट हाउसमा सी, ट्रम्पले भने : आजको हाम्रो निर्णयले दशकौँसम्म शान्ति प्रवर्द्धन गर्न सक्छ

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी

१० हजार मिटर दौडमा सन्तोषी ११औँ स्थानमा

काठमाडौं ।  सन्तोषी श्रेष्ठले एसियाली खेलकुदको महिला १० हजार मिटर