प्रधानमन्त्रीबाटै राष्ट्रिय सुरक्षामा खतरा – गगन थापा | Khabarhub Khabarhub

प्रधानमन्त्रीबाटै राष्ट्रिय सुरक्षामा खतरा – गगन थापा


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भएको बताएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कुटनीतिक मर्यादा विपरीत भेटवार्ता गरेको भन्दै सांसद समेत रहेका थापाले त्यस्तो गम्भीर आरोप लगाएका हुन् ।

‘परराष्ट्र मन्त्रालाय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षाको विषय हो,’ थापाले शुक्रबार ट्वीटरमा लेखेका छन, ‘प्रधानमन्त्रीको यस्तो गैरराजनीतिक र विशुद्ध गुप्तचरसँग भएको ‘शिष्टाचर भेट’ माथि अनुसन्धान हुनुपर्छ । यस प्रकरणले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षा थ्रेट देखाएको छ ।’

Image may contain: text

Image may contain: text

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  २ : १४ बजे

वेस्ट इन्डिज ‘ए’ माथि नेपालको शानदार जित

काठमाडौं–  नेपालले वेस्ट इन्डिज ए माथि शानदार जित हासिल गरेको

इलाम-२ मा ५२ प्रतिशत मत खस्यो

फिक्कल– इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि

लगानी सम्मेलन : एक हजार ६ सय जनाको सहभागिता सुनिश्चित

काठमाडौं– आइतबारदेखि सुरु हुन लागेको दुईदिने तेस्रो लगानी सम्मेलनका लागि

लगानी सम्मेलनको पूर्वसन्ध्यामा सेयर लगानीकर्ता सडकमा (तस्बिरहरू)

काठमाडौं– स्वदेशी लगानीकर्ताको सुरक्षा गर्नुपर्ने भन्दै पूँजीबजार लगानीकर्ता (सेयर कारोबारी)हरूले

काठमाडौं महानगरको कार्यालय समय बिहान ९ बजेदेखि

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजबाट बिहान ९ बजेदेखि कार्यालय सञ्चालन गरेको