लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार « Khabarhub

लुम्बिनी प्रदेशमा कोरोना सङ्क्रमितको निःशुल्क परीक्षण र उपचार


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुपन्देही– लुम्बिनी प्रदेश सरकारले कोरोना सङ्क्रमित बिरामीहरुको उपचार निःशुल्क गर्ने भएको छ । सरकारले प्रदेशमा कोरोना सङ्क्रमित भएर लक्षण देखिएका बिरामीहरुको उपचार कोभिड विशेष अस्पताल र अन्य सरकारी अस्पतालमा निःशुल्क गर्ने निर्णय गरेको हो ।

लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलको अध्यक्षतामा बिहीबार बुटवलमा बसेको प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले लक्षणसहितका सङ्क्रमित बिरामीको उपचार गर्दा लाग्ने खर्चमध्ये सङ्क्रमित बिरामीले कोरोनाको बीमा गरेको भए सोबाट व्यहोर्ने र बीमा रकमभन्दा बढी खर्च भए पनि निःशुल्क गर्ने निर्णय गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहाकार शेरबहादुर केसीले जानकारी दिए ।

यस्तै, प्रदेश सरकारले लक्षण देखिएका कोरोना सङ्क्रमित शङ्कास्पद बिरामीहरुको निःशुल्क पिसिआर परीक्षणको व्यवस्था गर्ने र त्यस्ता बिरामीहरुलाई अनिवार्य परीक्षणको दायरामा ल्याउने समेत निर्णय गरेको छ । सङ्क्रमित बिरामीले आफ्नै खर्चमा आफ्नो सुरक्षाका लागि परीक्षण गर्न चाहेमा भने सःशुल्क परीक्षणको व्यवस्था गर्ने र परीक्षणको नतिजा प्रयोगशालाहरुले अनिवार्य रुपमा जिल्लास्थित कोरोना सङ्कट व्यवस्थापन केन्द्रलाई उपलब्ध गराउने व्यवस्था मिलाउन प्रदेश सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ ।

उक्त रिपोर्ट जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रले व्यक्तिगत गोपनीयता रहने गरी सम्बन्धित स्थानीय तहलाई उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ ।

यस्तै, पछिल्लो समयमा कोभिड सङ्क्रमणबाट मृत्यु भएका मृतकको शव व्यवस्थापनका लागि अन्योलता देखिएको अवस्थामा प्रदेश सरकारले शव व्यवस्थापनका लागि यसअघि भएका निर्णयअनुसार कार्यान्वयनका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले व्यवस्था मिलाउन जिम्मेवारी तोकिएको प्रेस सल्लाहाकार केसीले जानकारी दिए ।

बैठकले प्रदेशका सबै कोभिड विशेष अस्पतालमा उच्च अवस्थाको स्वास्थ्य सेवा युनिट क्षमता विस्तार गर्ने लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गत बुटवल धागो कारखाना कोभिड विशेष अस्पतालमा प्रदेश कोरोना सङ्कट व्यवस्थापन केन्द्रको अघिल्लो निर्णयानुसार तत्काल सघन उपचार कक्ष (आइसियु) र उच्च अवस्थाको स्वास्थ्य युनिट (एचडियु) सेवा विस्तार गर्नेसमेत निर्णय गरेको छ ।

यस्तै प्रदेशका सम्पूर्ण जिल्ला अस्पतालहरुमा स्वास्थ्यका अन्य सेवा प्रभावित नहुनेगरी मौजुदा दरबन्दी र जनशक्तिबाट सञ्चालन गर्ने गरी पाँच श्ययासम्म क्षमताको उच्च अवस्थाको स्वास्थ्य युनिट (एचडियु) सेवा सञ्चालन गर्ने निर्णय भएको प्रेस सल्लाहाकार केसीले जानकारी दिए ।

यस्तै, जिल्लाभित्रका लक्षण भएका बिरामीहरुलाई जिल्लास्थित अस्पतालमा सञ्चालित उच्च अवस्थाको स्वास्थ्य युनिट (एचडियु) सेवामा नै आवश्यक उपचारको व्यवस्था मिलाउने तथा गम्भीर र जटिल अवस्थाको बाहेक सामान्य लक्षण सहितका सङ्क्रमितलाई रिफर नगर्ने गरी सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सामाजिक विकास मन्त्रालयलाई जिम्मेवारी तोकिएको छ ।

यस्तै, कोरोनाको सम्भावित उच्च सङ्क्रमणबाट स्वास्थ्यकर्मीहरुलाई जोगाउन अस्पतालमा कार्यरत चिकित्सकलगायत स्वास्थ्यकर्मीहरुको निश्चित समयावधिभित्र लक्षण नभए पनि कोभिड जाँचको व्यवस्था मिलाइने भएको छ । बैठकले होम आइसोलेसनमा बस्ने सङ्क्रमितहरुलाई नियमित निगरानीमा राख्ने गरी स्थानीय तहहरुले स्वास्थ्यकर्मीसहित जनप्रतिनीधिको टोली बनाएर होम आइसोलेसनमा बस्नेको स्वास्थ्य अवस्था, प्रयोगशाला परीक्षण, स्वास्थ्य सुरक्षा मापदण्ड, आकस्मिक उद्धार लगायतको व्यवस्था र आवश्यक तथ्याङ्क नियमित रुपमा गर्न निर्देशन दिइएको छ ।

कोभिडको बढ्दो सङ्क्रमणलाई दृष्टिगत गरी मित्रराष्ट्र भारतसँग आवतजावत गर्न तोकिएको सीमा नाकामात्र व्यवस्थित रुपमा सञ्चालन गर्ने र तोकिएको नाकाबाट पनि चाडपर्व लगायतका कारण हुने छोटो अवधिको आवतजावतलाई बन्देज गर्ने गरी सम्बन्धित जिल्लास्थित प्रजिअले व्यवस्था मिलाउने जिम्मेवारीसमेत तोकिएको छ । बैठकले स्वास्थ्य सुरक्षा मापदण्डको अनिवार्य प्रयोगसहित घरघरमा नै धार्मिक तथा सांस्कृतिक चाडपर्व मनाउन जनचेतनामूलक कार्यक्रम र खोई मास्क लगायतको अभियान सम्बन्धित स्थानीय तहले सञ्चालन गर्न भनिएको छ ।

कोभिड सङ्क्रमितको उपचार पद्धति प्लाज्मा थेरापीका लागि रगत सङ्कलन रक्तदान गर्ने व्यवस्था चारवटै कोभिड विशेष अस्पतालहरुमा विकास गर्ने, कोभिड सङ्क्रमित बिरामीको उपचारमा प्रयोग हुने रेम्डिसिभिर लगायतको औषधि निश्चित सङ्ख्यामा खरिद गरी सञ्चितको व्यवस्था र प्रयोग चारवटै कोभिड अस्पतालबाट गर्ने गरी सामाजिक विकास मन्त्रालयले आवश्यक व्यवस्था मिलाउने जिम्मेवारी तोकिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ३ : ४५ बजे

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६

प्रधानमन्त्री बालेन भक्तपुरको नवदुर्गा देवगण मन्दिरमा

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) मंगलबार भक्तपुरको कमलविनायकस्थित नवदुर्गा

अर्जेन्टिनाविरुद्ध इजिप्टको अग्रता, पेनाल्टीमा फेरि चुके मेसी

काठमाडौँ । फिफा विश्वकप २०२६ को अन्तिम १६ अन्तर्गत अहिले