यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै | Khabarhub Khabarhub

यात्रु नपाउँदा सवारीसाधन बसपार्कमै


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

डडेल्धुरा– विगतवर्षमा चाडवाड मनाउन घर जानेको भीडले सुनसान हुने डडेल्धुरा बसपार्क यतिबेला सवारी साधानहरू भरिभराउ छ ।

विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण छ महिनासरम्म बन्द रहेका सार्वजनिक यातायात एक महिनादेखि खुलेपनि यात्रु नहुँदा बसपार्क भरिभराउ भएका हुन् ।

विगतवर्षमा दशैँको समयमा उक्त बसपार्कका साथै स्याउले तुफनडाडालगायत क्षेत्रमा टिकट नपाएर यात्रु घण्टौँसम्म बस कुरेर गन्तव्य स्थलसम्म पुग्ने गरेपनि यसपटक यात्रु नभएर बसपार्क क्षेत्र सुनसान छ ।

कोभिड– १९ को सङ्क्रमणलाई ध्यानमा राख्दै बसपार्कका बढी भीडभाड हुने क्षेत्रमा सामाजिक दूरी कायम गरेर टिकट बुकिङ खुला गरे पनि भीडभाड हुने दशैँको समयमा समेत यात्रु नपाएको उग्रतारा यातायात शाखाका काउन्टर इन्चार्ज तेजबहादुर ऐरले बताए ।

विगतवर्षमा जिल्ला सदरमुकामबाट घटस्थापनादेखि फूलपातीसम्म झण्डै दैनिक २५० को हाराहारीमा सार्वजनिक यातायातका साधन बाहिरिने गरे पनि यस बर्ष दैनिक ५० देखि ६० सवारी साधन मात्रै सञ्चालनमा रहेको उनको भनाइ थियो।

ट्राफिक प्रहरीले चाडबाडको समयमा बढी भाडा लिने यात्रुलाई अनावश्यकरूपमा दुःख दिने यातायात व्यवसायीलाई कारवाहीका लागि सादा पोशाकमा प्रहरी खटाएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख देवबहादुर खत्रीले बताए ।

उनले भने, “यात्रुहरूको सहजताका लागि जिल्लाका तीन स्थानमा नागरिक सहायताकक्ष स्थापना गरिएको छ ।”

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ४ : ०५ बजे

युवाहरु विदेश तिर, नेपाली उद्योगमा विदेशी ल्याउनुपर्ने बाध्यता

काठमाडौं–उदयपुर घर भएको एक युवा लघुवित्तको ५० हजार हाराहारीको जागिर

म षड्यन्त्रको शिकार भए : सन्दीप लामिछाने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आफू

रेशमको मुस्किल बढ्यो, एमालेको १ सिटले कांग्रेसलाई सत्ताको ढोका बन्द

काठमाडौं- उपनिर्वाचनको अघिल्लो नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरले सामाजिक

सुहाङलाई जिताउन शिवमाया र महेशको त्यो मिहिनेत

काठमाडौं–इलाममा लामो समयदेखि नेकपा एमालेको पकड छ । यहाँका दुवै

बङ्गलादेशमा अत्याधिक गर्मी, तोडियो ‘रेकर्ड’

ढाका – बङ्गलादेशको मौसम ब्युरोले बुधबार अप्रिल रेकर्डमा सबैभन्दा तातो