राष्ट्रपतिले दशैंको टीका नलगाइदिने, शक्तिपीठ पनि नजाने « Khabarhub

राष्ट्रपतिले दशैंको टीका नलगाइदिने, शक्तिपीठ पनि नजाने


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले यसवर्षको विजयादशमीमा टीका प्रदान नगर्ने भएकी छिन् ।

कोरोना महामारीका कारण विगतका वर्षहरुमा जस्तो यस वर्ष टीका प्रदान गर्ने कार्यक्रम नहुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्नन शक्ति पिठहरूमा दर्शनार्थ सरिक हुनुहुने कार्यक्रम पनि स्थगित रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्नि शक्ति पिठहरूमा दर्शनार्थ सरिक हुनुहुने साथै सम्माननीयज्यूले विजया दशमीको दिन इच्छुक महानुभावहरूलाई टीका प्रदान गर्नुहुने परम्परा रहेकोमा यस पटक विश्वइव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड–१९) का कारण उक्त सबै कार्यक्रमहरू नहुने व्यहोरा जानकारीको लागि अनुरोध छ’,  विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ६ : ४४ बजे

एमालेमा टिकट वितरणपछि असन्तोष, योगेश भट्टराईको गम्भीर आपत्ति

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले फागुन २१

ओलीको तालमेल रणनीति : प्रचण्ड र राप्रपासँग बार्गेनिङका लागि रुकुमपूर्व र झापा–३ खाली राखे

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा

विष्णु पौडेलले छाडे रुपेन्देही–२, पाल्पाबाट निर्वाचन लड्ने

काठमाडौं – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पाल्पा–२ बाट चुनाव

ओखलढुंगामा यज्ञराज रोकेर अस्मितालाई दिए ओलीले टिकट

काठमाडौं – अनेरास्ववियुबाट राजनीति थालेकी ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष अस्मिता

यी हुन् एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार

काठमाडौं– नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार टुंगो लगाएको