राष्ट्रपतिले दशैंको टीका नलगाइदिने, शक्तिपीठ पनि नजाने « Khabarhub

राष्ट्रपतिले दशैंको टीका नलगाइदिने, शक्तिपीठ पनि नजाने


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले यसवर्षको विजयादशमीमा टीका प्रदान नगर्ने भएकी छिन् ।

कोरोना महामारीका कारण विगतका वर्षहरुमा जस्तो यस वर्ष टीका प्रदान गर्ने कार्यक्रम नहुने राष्ट्रपति कार्यालयले जनाएको छ ।

यस्तै महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्नन शक्ति पिठहरूमा दर्शनार्थ सरिक हुनुहुने कार्यक्रम पनि स्थगित रहेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

‘सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी महाअष्टमी र कोजाग्रत पूर्णिमाको अवसरमा विभिन्नि शक्ति पिठहरूमा दर्शनार्थ सरिक हुनुहुने साथै सम्माननीयज्यूले विजया दशमीको दिन इच्छुक महानुभावहरूलाई टीका प्रदान गर्नुहुने परम्परा रहेकोमा यस पटक विश्वइव्यापी महामारीको रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड–१९) का कारण उक्त सबै कार्यक्रमहरू नहुने व्यहोरा जानकारीको लागि अनुरोध छ’,  विज्ञप्तिमा भनिएको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ६ : ४४ बजे

विश्वकप खेलेका दक्षिण अफ्रिकाका ‘मिडफिल्डर’ एडम्सको २५ वर्षको उमेरमा निधन

काठमाडौं – अमेरिका क्यानाडा र मेक्सिकोमा जारी विश्वकपमा दक्षिण अफ्रिकाको

कर्णालीमा खसेको गाडीका बेपत्ता चारमध्ये तीन जनाको शव भेटियो

कर्णाली – यही असार १८ गते सुर्खेतबाट कालिकोटतर्फ गइरहेको सवारीसाधन

वैदेशिक रोजगारीबाट फर्किएका युवाले मागे उद्यमका लागि पुँजी

बाँके – वैदेशिक रोजगारीबाट फर्किएका युवाले स्वदेशमै रोजगारी र उद्यम

कपिलवस्तुका १० पालिकाका २६६ स्थानमा सिसीटिभी जडान

कपिलवस्तु – जिल्लाका १० वटै स्थानीय तहका विभिन्न चोक, बजार

रासायनिक मलको माग बढेकाले आपूर्तिमा समस्या भयो : मन्त्री चौधरी

भरतपुर – कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले यस वर्ष