वैशाखयता विपद्का घटनामा ४६३ को मृत्यु « Khabarhub

वैशाखयता विपद्का घटनामा ४६३ को मृत्यु


७ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- यस वर्षको वैशाखदेखि हालसम्म विभिन्न प्रकारका गरी दुई हजार ४० वटा विपद्का घटना भएका छन्।

यी घटनामा ४६३ जनाको मृत्यु भएको छ भने १०१ जना बेपत्ता भएको राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।

यस वर्षका विपद्का घटनामध्ये सबैभन्दा बढी आगलागीका ७१० वटा घटना भएका छन्। त्यसपछि पहिरोको ४८३, चट्याङका २१६ र बाढीका ९७ वटा घटना भएको प्राधिकरणले जनाएको छ।

विपद्का घटनामा परी ज्यान गुमाएका ४६३ जनामध्ये २९५ को पहिरोमा परेर मृत्यु भएको हो। यस्तै, चट्याङबाट ६५, बाढीबाट ४२, सर्पदंशबाट २१ जनाको मृत्यु भएको छ।

प्राधिकरणका अनुसार, हिजोआज आगलागीका घटना बढिरहेका छन्। ग्यास पड्किएर, विद्युत् सर्ट भएर, लामखुट्टे मार्ने धुप बाल्दा आगलागी हुने जोखिम भएकाले सचेतता अपनाउन पनि प्राधिकरणले आग्रह गरेको छ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ९ : ४० बजे

के आफ्नै सरकारलाई घेर्न रविले मान्छे उतारेका हुन् ?

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीमा अहिले संसद्‍देखि सामाजिक सञ्जालमासमेत दुई धार

मुग्लिन-नारायणगढ सडकखण्ड सञ्चालन

काठमाडाैँ – मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत १५ किलोमा खसेको लेदो पन्छाएपछि सडक

डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु

सुनसरी – इटहरी उपमहानगरपालिका–४ मा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा

गणेशमान सिंहको आदर्शलाई आत्मसात् गर्दै अघि बढ्न कांग्रेस सभापति थापाको आह्वान

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले लौहपुरुष गणेशमान सिंहको

भोटेकोशी बाढीः छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

काठमाडौँ – नेपाल ट्रक यातायात व्यवसायी महासङ्घले भोटेकोशी बाढीमा ६७७