नीति र कार्यक्रम बनाउन नगरबासीसँग मत सर्वेक्षण गर्दै व्यास नगर | Khabarhub Khabarhub

नीति र कार्यक्रम बनाउन नगरबासीसँग मत सर्वेक्षण गर्दै व्यास नगर


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ– व्यास नगरपालिकाले नगरवासीको मत सर्वेक्षणका आधारमा आगामी वर्षको नीति, कार्यक्रम र योजना तर्जुमा गर्ने भएको छ ।

जनप्रतिनिधि निर्वाचित भएको ४३ महिना पूरा भइसकेकाले नगरपालिकाले आगामी वर्षको नीति तथा कार्यक्रम नगरवासीको मत सर्वेक्षणका आधारमा गर्न लागेको हो ।

जनताको सुझावलाई ग्रहण गर्दै नीति, कार्यक्रम, योजना र प्राथमिकता निर्माण गर्न लागिएको नगरप्रमुख बैकुण्ठ न्यौपानेले जानकारी दिए ।

त्यसका लागि नगरपालिकाले शेयरकाष्ट इनिसिएटिभ नेपाल संस्थासँग सहकार्य गर्ने निर्णय गरेको छ । “नगरवासीको सुझावका आधारमा योजना बनाउन मत सर्वेक्षणको तयारी गरेका छौ, नगरवासीको सुझाव हाम्रा लागि मार्गदर्शन हुनेछन्,” न्यौपानेले भने ।

मानुङमा पूर्वाधार निर्माण गरिने

पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको तनहुँको व्यास नगरपालिका–५ मानुङमा पूर्वाधार निर्माणका लागि गण्डकी प्रदेश सरकारसँग साझेदारी गरिने भएको छ । मानुङमा तत्कालै केही पूर्वाधार निर्माणको आवश्यकता देखिएकाले व्यास नगरपालिकाले प्रदेश सरकारसँग साझेदारी गर्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रवक्ता एवं व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले मानुङ जाने ढलान भएको बाटोमा फलामको रेलिङ राख्न र पर्यटक आराम गर्ने ‘सेड’ निर्माण गर्न प्रदेश सरकारसँग अनुरोध गरिएको जानकारी दिए ।

साथै मानुङमा पिउने पानीको लिफ्टिङ योजना सञ्चालनका लागि प्रदेश सरकारलाई अनुरोध गरिएको छ ।

गत हप्तामात्रै प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले मानुङको विकासका लागि चासो व्यक्त गरेका थिए ।

मानुङको अवलोकन गर्दै मन्त्री गुरुङले चालु आर्थिक वर्षमै मानुङमा पूर्वाधार निर्माणका लागि बजेट सहयोग गर्ने प्रतिबद्धता जनाए ।

त्यसलगत्तै उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका कार्यक्रम संयोजक जुद्ध गुरुङको नेतृत्वको टोलीले मानुङको भ्रमण गरेको थियो ।

सूर्योदय र कुहिरो अवलोकनका लागि मानुङमा देशका विभिन्न जिल्लाबाट आन्तरिक पर्यटक आउने गरेका छन् । दशैं लगत्तैको शनिबार एकैदिन दश हजार भन्दा बढीले मानुङकोटको भ्रमण गरेका थिए । त्यसयता पनि दैनिक पाँचसयदेखि एक हजारसम्म पर्यटक मानुङ पुग्ने गरेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १२ : १३ बजे

घरेलु भूमिमा नेपालले एउटै खेल जितेन, सिरिजको उपाधि थाइल्याण्डलाई

काठमाडौं – अन्तिम खेलमा पनि नेपाललाई पराजित हुन पुगेको छ

६०४ किलो गाँजा बोकेको ट्रक र चालक प्रहरी नियन्त्रणमा

काठमाडौं– महोत्तरीबाट प्रहरीले ट्रकसहित ६०४ चार किलो गाँजा बरामद गरेको

बेलायती अधिराजकुमार र अधिराजकुमारीले गरे परेड अवलोकन

गण्डकी– संयुक्त अधिराज्य बेलायतका अधिराजकुमार एडिनब्राका ड्यूक एड्वर्ड र अधिराजकुमारी

दलित समुदायको प्रतिनिधित्व बढाउन विशेषाधिकार कार्यान्वयन आवश्यक : प्रचण्ड

काठमाडौं– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक क्षेत्रमा

विद्युतीय व्यापार विधेयकसम्बन्धी समितिको प्रतिवेदन पेस

काठमाडौं – उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित