बन्दुकधारीहरुले मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित « Khabarhub

बन्दुकधारीहरुले मस्जिदमा हमला गरी पाँचको हत्या, १८ जना अपहरित


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबुजा – नाजेरियामा शुक्रबार यहाँको एक मस्जिदमा बन्दुकधारीहरुले हमला गरेका छन् । यस हमलामा परेर कम्तीमा पनि पाँच जनाको ज्यान गएको बताइएको छ ।

नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा रहेको एक मस्जिदमा केही बन्दुकधारीहरुले आक्रमण गरेका प्रहरीले आइतबार पुष्टि गरेको समाचारमा जनाइएको छ ।

त्यस बन्दुक हमलामा परी पाँच जनाको ज्यान गएको छ भने उनीहरुले अरु कम्तीमा पनि १८ जनालाई अपहरण गरेर लगेका छन् ।

नाइजेरियाको मोराउ स्थानीय सरकारको जाफिरा भन्ने स्थानको मस्जिदमा सो घटना भएकोे हो । शुक्रबार प्रार्थनाको समयमा आएका कैयौँ बन्दुकधारीहरुले बन्दुक हमला गर्दा त्यहाँ रहेका पाँच जनाको ज्यान गएको र अरु १८ जनालाई उनीहरुले नै अपहरण गरेर लगेका थिए ।

मोटर साइकलमा आएका अज्ञात बन्दुकधारीहरुले गाउँतर्फ फर्किएर पनि हवाई फायर गरेका थिए । उनीहरुले मस्जिदमा हमला गरे पछि उनीहरु सँगै आएको बसमा ती अपहरित १८ जनालाई लगेर गएका थिए ।

यस घटनाको बारेमा अनुसन्धान शुरु भएको यहाँको प्रहरीले जनाएको छ । यहाँको प्रहरीका अनुसार पछिल्ला केही समययता नाइजेरियाको उत्तर पश्चिमी क्षेत्रमा यस्ता हत्या र अपहरणका घटनाहरु बढेका छन् ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  १ : १५ बजे

तनहुँमा सवारी दुर्घटना : ७ महिनामा १५ जनाको मृत्यु

दमौली – तनहुँमा चालु आर्थिक वर्षको सात महिनामा सवारी दुर्घटनाबाट

घट्यो सुन र चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ – नेपाली बजारमा सोमबार सुन र चाँदीको मूल्य घटेको

उद्योग व्यवसायी संघ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही

वीरेन्द्रनगर — उद्योग व्यवसायी संघ सुर्खेतको अध्यक्षमा धीरेन्द्रबहादुर शाही निर्वाचित

मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौँ – काठमाडौं शंखरापुर नगरपालिका-१ तल्लो नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको

प्रि-ओपन सेसनमा नेप्से २.६५ अंकले घट्यो

काठमाडौँ – प्रि-ओपन सेसनमा सोमबार सेयर बजार ०.१४ प्रतिशतले घटेको