विदेशबाट फर्केकालाई नगरपालिकाको कृषि रोजगारी « Khabarhub

विदेशबाट फर्केकालाई नगरपालिकाको कृषि रोजगारी


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– कोभिड–१९ का कारण वैदेशिक रोजगारी गुमाएर फर्केका उदयपुर, त्रियुगा नगरपालिका क्षेत्रका ३१ युवालाई कृषिमा रोजगारी दिलाउन तरकारीखेतीसम्बन्धी आर्थिक र विभिन्न प्राविधिक उपकरणसहितको सहयोग गरिएको छ ।

नगरका विभिन्न वडाका बेरोजगार युवालाई मौसमी तरकारीखेतीमा स्वरोजगार र उद्यमी बनाउन नगरपालिकाले झण्डै रु ३० लाख बराबरको आर्थिक सहयोगसहित विभिन्न सामग्री सहयोग गरेको बताइएको छ ।

नगरपालिकाका प्रमुख बलदेव चौधरीले नगरका विभिन्न वडाका युवालाई मौसमी तरकारीखेतीमा लागेर स्वरोजगार बन्न सहयोग सामग्री हस्तान्तरण गरेको नगरपालिकाका कृषि सहायक सोमबहादुर दनुवारले बताए ।

च्याउखेतीका लागि झण्डै रु दश लाख, अन्य तरकारी खेतीका लागि रु नौ लाख, तरकारी प्रशोधन गर्ने तीन समूहका लागि सोलार ड्रायर मेसिन, कृषि उपज चिस्यानका लागि कोल्ड च्याम्बर मेसिनसहित रु दश लाख बराबरको सामग्री हस्तान्तरण गरिएको हो ।

यस्तै मौसमी तरकारी खेतीका लागि प्लाष्टिक टनेल सेट, विषादी छर्ने स्प्रे मेसिनसमेत हस्तान्तरण गरिएको छ । हाल नगरपालिकामा वैदेशिक रोजगारी गुमाएर फर्केका युवाको सङ्ख्या झण्डै २२० छ । उनीहरुकै क्षमता र चाहनानुसार स्वरोजगारमा लाग्न नगरपालिकाले आर्थिक र प्राविधिक सहयोग गरेको नगरपालिका प्रमुख चौधरीले बताए ।

विद्युतीकरण, गाडी मेकानिक्स तालीमदेखि होटल व्यवसाय, कुखुरा–बङ्गुर र माछापालन, तालीम पनि दिइने जनाइएको छ ।

युवाले उत्पादन गरेको तरकारी बिक्रीको सुनिश्चिताका लागि बजारको जिम्मा आवश्यक परे नगरपालिकाले लिने पनि चौधरीले बताए ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  २ : २० बजे

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत

काठमाडौं– सरकारले विदेशी सम्बन्धनका नाममा सञ्चालन भइरहेका कलेजको गुणस्तर सुधार

चीनद्वारा एन्थ्रोपिकको एआई कोडिङ उपकरणमा ‘सुरक्षा जोखिम’ रहेको चेतावनी

बेइजिङ- चीनको एक साइबर सुरक्षा निकायले अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई)

अर्जेन्टिनाको जितपछि एकपछि अर्को विवाद

काठमाडौं – इजिप्टमाथिको जित अर्जेन्टिना समर्थकका लागि आश्चर्यजनक पुनरागम हो

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको अनुगमन अब मन्त्रीकै कार्यकक्षबाट

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति,

औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै सिभिल अस्पतालका आठ जना कर्मचारी विरुद्ध मुद्दा दायर 

काठमाडौं– औषधी खरिदमा भ्रष्टाचार गरेको भन्दै निजामती कर्मचारी अस्पतालका फार्मेसी