कोरोना कहर : बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने « Khabarhub

कोरोना कहर : बूढानीलकण्ठमा एकादशी मेला नलाग्ने


८ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- हरेक वर्ष बूढानीलकण्ठ मन्दिरमा हरिबोधनी एकादशीको दिन लाग्दै आएको एकादशी मेला यस वर्ष नलाग्ने भएको छ ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड –१९ को जोखिमका कारण यस वर्ष हरिबोधनी एकादशी दिन लाग्ने मेला पूर्ण बन्द गरिएको छ ।

बूढानीलकण्ठमा प्रत्येक वर्ष कार्तिक शुक्ल एकादशीदेखि पूर्णिमासम्म पाँच दिन विशेष मेला लाग्थ्यो । आषाढ शुक्ल एकादशीदेखि नै भक्तजन बढी मात्रामा नारायणस्थानमा दर्शन गर्न आउने भए पनि कार्तिक शुक्ल पक्षका पाँच दिन धेरै भीड लाग्ने गरेको थियो ।

यस वर्ष कोरोना भाइरसका कारण एकादशीदेखि पूर्णिमासम्म लाग्ने मेलामा पूर्ण रोक लगाइएको छ । आजदेखि यही मङ्सिर १५ गतेसम्म मन्दिर परिसर क्षेत्र बन्दसमेत गरिएको मन्दिरका स्वामी निगमानन्दले जानकारी दिए ।

सङ्क्रमणको जोखिमलाई ध्यानमा राखी आगामी सोमबारसम्म नित्य पूजा मात्र गरी भक्तजनलाई दर्शन गर्न रोक लगाइएको बताइएको छ । आषाढ शुक्ल पूर्णिमाका दिन क्षीरसागरमा शयन गरेका भगवान् विष्णु कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन जागा हुने र चतुर्मासमा व्रत गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ ।

प्रकाशित मिति : ८ मंसिर २०७७, सोमबार  ९ : ०५ बजे

बेल्ट एन्ड रोड सिरिज : नेपाल यू-१९ महिला क्रिकेट टोली च्याम्पियन

काठमाडाैँ – चीनको जिङ्ग्सुमा आयोजित बेल्ट एन्ड रोड सिरिजअन्तर्गत नेपाल

प्रधानमन्त्रीका सल्लाहकारले आफूविरुद्धको प्रमाण मेटाएको प्रदिप पौडेलको आरोप

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री प्रदिप पौडेलले जनताको स्वतन्त्रता खोस्ने काममा

‘चिरञ्जीवी भवः’को ‘जाले रुमाल’ सार्वजनिक, विवाहको रमाइलो माहोलमा आशीर्वाद र प्रशंसा

काठमाडौं– नेपाली चलचित्र ‘चिरञ्जीवी भवः’ले दर्शकमाझ प्रेम, संगीत र रमाइलोको

मध्य जापानमा पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प, कम्तीमा २४ जना घाइते

टोकियो– मध्य जापानमा आइतबार बिहान पाँच दशमलव सात म्याग्निच्युडको भूकम्प

नेपाली सेनाले मनायो कुकुर तिहार

काठमाडौं– यमपञ्चक अन्तर्गत दोस्रो दिन नेपाली सेनाले तालिमप्राप्त सैन्य कुकुरहरूको