छोरी बलात्कार कसुरमा बाबुलाई जन्मकैद सजाय | Khabarhub Khabarhub

छोरी बलात्कार कसुरमा बाबुलाई जन्मकैद सजाय


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर– जिल्ला अदालत उदयपुरले १२ वर्षीया छोरीलाई बलात्कार गरेको कसुरमा ४५ वर्षीय बाबुलाई जन्म कैद सजाय दिने फैसला गरेको छ ।

मङ्गलबार जिल्ला अदालत उदयपुरका न्यायाधीश माधवप्रसाद पराजुलीको इजालासले छोरी बलात्कार गरेको कसुरमा जिल्लाको उदयपुरगढी गाउँपालिकाका एक ४५ वर्षीय बाबुलाई जन्मकैद सजाय र रु ५५ हजार जरिवाना गर्ने फैसला गरेको जिल्ला अदालत उदयपुरका तहसिलदार तथा सूचना अधिकारी राजकुमार आचार्यलयले बताए ।

पीडक बाबुले २०७६ साल माघ १९ गते राति आफ्नी १२ वर्षीया छोरीलाई बलात्कार गरेपछि पीडककी श्रीमती र पीडित छोरीले माघ २० गते कारबाहीका लागि प्रहरीमा निवेदन दिएको अदालतले बताएको छ ।

प्रहरीले पक्राउ गरेर बाबुलाई जिल्ला अदालतमा मुद्दा चलाएपछि फागुन २२ गतेदेखि अदालतको आदेशानुसार पुर्पक्षका लागि थुनामा राख्दै आएको थियो ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ११ : ०७ बजे

कर्णाली राजमार्ग अवरुद्ध हुन नदिन ठाउँठाउँ डोजर तैनाथ

कालीकोट – कर्णाली राजमार्गलाई वर्षायाममा बाढी र पहिरोका कारण अवरुद्ध

उज्बेकिस्तानसँग पहिलो हाफमा नेपाल ३–१ पछाडि

काठमाडौं – एएफसी महिला एसियन कप २०२६ छनोटअन्तर्गत समूह ‘एफ’को

उज्बेकिस्तानले थप्यो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’