मेस्सीले तोडे पेलेको कीर्तिमान « Khabarhub

मेस्सीले तोडे पेलेको कीर्तिमान


८ पुस २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- लियोनल मेस्सीले एकै क्लबबाट सर्वाधिक गोल गर्ने पेलेको रेकर्ड भंग गरेका छन् ।

बार्सिलोनाबाट ६ सय ४४ गोल गर्दै उनले ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका हुन् ।

स्पेनिस ला लिगामा मंगलबार बार्सिलोनाले रियल भालाडोलिडलाई ३–०ले पराजित गरेको खेलमा मेस्सी पनि गोल गर्दै पेलेको रेकर्ड भंग गरेका हुन् ।

मेस्सीले बार्सिलोनाका लागि तेस्रो गोल गरेका थिए । पेड्रीको ब्याकहिल पासमा मेस्सीले क्लबका लागि तेस्रो गोल गरेका थिए ।

मेस्सीकै पासमा क्लेमेन्ट लिन्गलेटले हेडमार्फत पाहुना टोली बार्सिलोनालाई अघि बढाएका थिए । ३५औँ मिनेटमा मार्टिन बे्रथवेट बार्सिलोनाको अग्रता दोब्बर बनाउने काम गरे । ईन्जुरी समयमा मेस्सीको प्रहार पोस्टमा लागेको थियो ।

ब्राजिली लिजेण्ड पेलेले १९ सिजन सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए । उनले सन् १९५६ देखि १९७४ सम्म ब्राजिली क्लब सान्तोषबाट ब्यवसायीक फुटबल खेलेका थिए ।

मेस्सीले बार्सिलोनाका लागि पहिलो गोल सन् २००५ मा गरेका थिए । उनले बार्सिलोनाबाट १० ला लिगा र ४ च्याम्पियन्स लिगको उपाधि हात पारे । यस सिजनको अन्त्यसंगै मेस्सीको बार्सिलोनासंगको सम्झौता सकिदैछ ।

प्रकाशित मिति : ८ पुस २०७७, बुधबार  ११ : २० बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दैछ । पाटी

नायक अविषेकलाई भन्दा बढी किन गायक केहरलाई ब्रान्डिङ गर्दैछन् निर्देशक राउत ?

काठमाडौं – डेब्यू नायक अविषेक खड्का र डेब्यू नायिका आकृति

विशेष महाधिवेशनका लागि कांग्रेस प्रतिनिधि काठमाडौं आउँदै, भृकुटीमण्डपमा बढ्यो चहलपहल

काठमाडौं– नेपाली कांग्रेसको विशेष महाधिवेशन सुरु हुनुअघि नै काठमाडौंको भृकुटीमण्डप

कांग्रेस नेता एवं पूर्वमन्त्री होमनाथ दाहालको निधन

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री होमनाथ दाहालको निधन भएको

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, निर्वाचन तयारीबारे छलफल गर्ने

काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज (शनिबार) सुरु हुँदैछ